ओलि सरकार को अर्को चमत्कार : ३०० विद्युतबाट चल्ने बस खरिद गर्दै


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताएका छन्। विद्युतीय यातायात काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको जानकारी दिए।

विश्व हरित वृद्धि संस्था ‘जिजिजिआइ’ सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए।

नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो।

मन्त्री बस्नतेले सोमबारै नेपालमा जिजिजिआईको कार्यालयको उद्घाटनसमेत गरेका थिए। मन्त्री बस्नेतले जिजिजिआईसहित वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थासँग सहकार्य बढाउन चाहेको उल्लेख गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिजिजिआइसँगको सहकार्य नेपालको वातावरण क्षेत्रमा केही नयाँ कदमको महत्वपूर्ण थालनी भएको उल्लेख गर्दे मन्त्री बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रीक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा वन सचिव डा. विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित सहरका क्षेत्रमा जिजिजिआइसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि वातावरण ‘वातावरण स्वच्छ महाअभियान’ अघि बढाएको बताए।

जिजिजिआईका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्वन उत्सर्जन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा जिजिजिआई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, साझा यातायात र महालक्ष्मी नगरपालिका प्रतिनिधिबीच विद्युतीय यातायात र हरित सहर प्रवद्र्धन गर्नेसम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो।

जिजिजिआई संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुनको प्रयत्नमा स्थापित अन्तरसरकारी संस्था हो। हालसम्म ३२ देशले यसको सदस्यता लिइसकेका छन्।नेपालले विगत दुई वर्षदेखि जिजिजिआईसँग काम गर्दै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त संस्थाले हाल काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंका केही गाउँपालिकामा जलवायु परिवर्तनका लागि उत्थानशीलता हुने गरी योजना प्रक्रियामा सहयोग गर्दै आएको छ।

यसअघि वन मन्त्रालय र साझा यातायातसँग मिलेर विद्युतीय यातायात सञ्चालन गर्न कार्ययोजना तयार गर्न सहयोग गरेको जिजिजिआईले विद्युतीय यातायातमार्फत हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य राखेको सो संस्थाले जनाएको छ।

यसमा जिजिजिआईले प्राविधिक र आर्थिक सहयोग जुटाएको छ। हस्ताक्षरपछि साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले जिजिजिआईको प्राविधिक सहयोगले विद्युतीय सवारीको दीगो सञ्चालन गर्न मद्दत पुग्ने बताउँदै यसमा सरोकारावाला सबैको सहयोग आवश्यक रहेको बताए।

विद्युतीय सवारी साधन सञ्चालनमा सरकारी प्रतिबद्धता सकारात्मक रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक तुलाधरले यसको दिगो सञ्चालनका लागि सुरुको सञ्चालन खर्च सरकारले गर्नुपर्ने सुझाव दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com