काठमाडौँ महानगरभित्र राति पनि गाडी चल्ने


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

काठमाडौँ महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गरेको छ । महानगरपालिकाको चौथो नगरसभाले ती विधेयक स्वीकृत गरेको हो। नगरसभाबाट पारित ऐनमा यातायात व्यवस्थापन ऐन, २०७५ काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५, काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, काठमाडौँ महानगरपालिका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७५ रहेका छन् ।

राति १०.०० बजेसम्म यातायात सञ्चालन

अब काठमाडौँ महानगरपालिकाभित्रका रुटमा राति १०ः०० बजेसम्म सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ । महानगरपालिकाको चौथो नगर अधिवेशनद्वारा स्वीकृत सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ अनुसार काठमाडौँ महानगरपालिभित्रको सञ्चालन हुने सार्वजनिक यातायातका साधन कात्तिकदेखि माघसम्म बिहान ५ः०० बजेदेखि राती ९.०० बजेसम्म र बाँकी महिनामा बिहान ५ः०० बजेदेखि राती १०ः०० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अबको १५ दिनपछि उक्त ऐन प्रमाणीकरण भैइ राजपत्रमा प्रकाशित भएपछि राती १०ः०० बजेसम्म अनिवार्य रुपमा यातायात सेवा सञ्चालनमा अौने महानगरपालिकाले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुबिधाजनक पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित जारी सो ऐनमा महानगरसँग स्वीकृति नली कुनै पनि सवारी साधनमा प्रचार सामाग्री राख्न नपाइने, सार्वजनिक सवारी यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई बिद्युतीय टिकटले बिस्थापन गर्नु पर्ने, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्रका आधारमा सहुलियत उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको जानकारी महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले दिनुभयो ।

अधिवेशनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा सो ऐनमा यात्रुले सार्वजनिक यातायातका साधनको टिकट काटेरमा मात्र यात्रा गर्नुपर्ने, यात्राका क्रममा तोकिएको स्थानमा मात्र फोहोर फाल्ने, अरुलाई असर हुने क्रियाकलाप नगर्ने, यात्राका क्रममा मदिरा तथा सूर्तिजन्य बस्तुको सेवन नगर्ने, अश्लील नबोल्ने, यौनजन्य हिंसा नगर्ने, लागूऔषधको ओसारपसार नगर्ने जस्ता आचरणसम्बन्धी विषय यात्रुको दायित्वमा उल्लेख गरिएको जानकारी गराइेको थियो ।

त्यसैगरी, पोशाक लगाएर मात्र सवारी चलाउनु पर्ने, जथाभावी यात्रु चढाउने र ओराल्ने वा जथाभावी पार्किङ् नगर्ने, अश्लील नबोल्ने, अश्लील गीत नबजाउने, अश्लील फोटो नटाँस्ने, रुट स्वीकृत नपाएका सडकमा नजाने, मदिरा तथा सूर्तिजन्य वस्तुको प्रयोग नगर्ने, यौनजन्य दुव्र्यवहार नगर्नेजस्ता दायित्व चालकको आचरणमा राखिएका छन् ।

सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ मा निर्माण तथा हस्तान्तरण; निर्माण, सञ्चालन तथा हस्तान्तरण; निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण; निर्माण, हस्तान्तरण र सञ्चालन; लिज, सञ्चालन र हस्तान्तरण बिधि अपनाएर पूर्वाधार तथा सेवामा सार्वजनिक र निजी वा निजी एक्लैको लगानी उपयोग गर्न सक्ने उल्लेख छ ।

महानगर क्षेत्रको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी तथा बिदेशीको लगानी व्यवस्थापन गर्न सो ऐन जारी गरिएको हो । ऐनमा सार्वजनिक निजी साझेदारिताका माध्यमबाट नविन प्रबिधि, स्तरीय सेवा र व्यवस्थापकीय कुशलतामा बिधि तथा प्रक्रिया जस्ता विषय उल्लेख छन् ।

यस बाहेक लिज निर्माण, सञ्चालन तथा हस्तान्तरण; बिकास सञ्चालन तथा हस्तान्तरण; व्यवस्थापन, सञ्चालन तथा हस्तान्तरण; पुनस्र्थापना, सञ्चालन तथा हस्तान्तरण जस्ता बिधिलाई साझेदारिताका ढाँचामा राखिएका छन् ।गोरखापत्र दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com