स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, सो आएपछि उहाँहरुको स्वास्थ्य बीमावापतको प्रिमियम रकम सरकारले व्यहोर्छ ।” हाल ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको रु एक लाखवापतको प्रिमियम रकम सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत व्यहोर्ने गर्छ । विसं २०७२ चैत २५ गतेदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ४२ जिल्लामा कार्यान्वयनमा आएको छ । हालसम्म ती जिल्लाका १५ लाख ७१ हजार ४८८ नागरिक बीमामा आवद्ध छन् । बोर्डले एक वर्षभित्र सबै जिल्लामा बीमाको कार्यक्रम लागू गर्ने तयारी गर्दैछ । मन्त्री खतिवडाले स्वास्थ्य बीमाको पहुँचका साथमा स्वास्थ्य प्रदायक संस्थाको जनशक्ति, उपकरण र सेवा थप गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभयो ।

यसका लागि स्थानीय, प्रदेश र सङ्घको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । “नेपाल आँखा अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण छ, आगामी दिनमा यसलाई आँखा उपचार तथा जनशक्ति तयारी क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउन सरकारले सहयोग गर्नेछ”, मन्त्री खडिवडाले भन्नुभयो । बालबालिकाको समग्र स्वास्थ्य सुधारका लागि बालपोषण, सुनौला हजार दिन, बाल संरक्षण अनुदान, खाद्यन्नमा आधारित पोषणजस्ता कार्यक्रम कार्यान्वयनमा आएको र आगामी दिनमा विद्यालय स्वास्थ्य शिक्षामा थप लगानी गरिने उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक संस्थालाई सामाजिक र वातावरणीय उत्तरदायित्व पूरा गर्न उहाँले आग्रह गर्नुभयो । अस्पतालका स्वास्थ्य निर्देशक डा कलमबहादुर खड्काले अस्पतालले आफ्नो सेवाको दायरालाई फराकिलो बनाउँदै आँखा स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादनमा ध्यान दिई पठनपाठनमा पनि महत्व दिएको बताउनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष विश्वकान्त मैनालीले आँखा उपचार सेवा, जनशक्ति उत्पादनका क्षेत्रमा अस्पताललाई नमूना अस्पताल बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । विसं २०३० चैत २६ गते सो अस्पताल स्थापना भएको हो । अस्पतालले पछिल्लो समय आँखा एमडी तहको जनशक्ति उत्पादन गरिरहेको छ । सामुदायिक अस्पतालमध्ये सो अस्पताल उत्कृष्ट छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com