अछाममा चट्याङले एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा चट्याङ लागेर सोमबार राति करिब ८ बजे एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १६ वर्षीय जनक रावल रहेका छन् । चट्याङ लागेरै अन्य १० जना घाइते भएका र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये गोविन्द रावल र धर्म रावलको अवस्था गम्भीर रहेको जनाइएको छ। चट्याङमा परी मृत्यु भएका रावलको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।