द ग्रुमिङ क्याम्पस नेपालको पहिलो किड्स क्याम्प सम्पन्न


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

अष्ट्रेलियामा आफ्नो अध्ययन पुरा गरी नेपालमै केही गर्ने उद्देश्यका साथ केही महिना पहिले नेपाल फर्कीएकी जुजारु युवा सुश्री कामना गिरी प्रवन्ध निर्देशक रहेको स्मार्ट राईनो ग्रुप एन्ड द ग्रुमिङ क्यम्पस नेपाल चितवनले यही चैत्र २२ र २३ गतेका दिन उक्त संस्थाको पहिलो किड्स ग्रुमिङ क्यम्प सम्पन्न गरेको छ ।

उक्त क्यम्पमा नेपालका बिभिन्न जिल्लाका विभिन्न बिद्यालयमा अध्ययनरत बालबालिकाहरु को सहभागिता रहेको थियो । क्यम्पमा बालबालिकाहरुलाई बर्तमान र भविस्यमा उत्प्रेरित गरी बिद्यालयको पढाइ सँग सँगै जीवनमा अघी बढ्नका लागि चहिने बिभिन्न बिधाहरुको तालिम तथा परामर्श दियिएको थियो ।

उक्त क्यम्पको प्राथमिकता सबै नानी बाबु लाई केही सिकएर मुहार मा हासो ल्याउनु थियो जुन कुरा मा हामी सफल भएका छौ, संस्थाकी सि ई ओ कामना गिरी बताउछिन् । कार्यक्रम को स्मरण गर्दै उनी थप्छिन ”हामीले सोचेको भन्दा दोब्बर बाबु नानी भएको मा खुशी त थियौ नै तर बच्चा हरुको लागि हाम्रो पहिलो कार्यक्रम भएकाले त्यतिकै डराएका पनि थियौं ।’

दुई दिनको ”Grooming Camp for Kids” गत शनिवार सकिएको छ र सबै अभिभावक र बालबालिकाहरु खुशी भएर फेरी पनि अर्को पटक यस्तै कार्यक्रम राख्नुस् भनेर अनुरोध गर्नु भएको मा हामी आभारी छौं । सबै अभिभावक, बाबुनानीहरु र सहयोगि हात हरुलाई धेरै धेरै धन्यवाद । “

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त क्यम्पमा बिभिन्न बिधाका प्रशिक्षकहरुको उपस्थिती थियो भने कार्यक्रम भरतपुर वार्ड नम्बर ७ स्थित चितवन होलिडेज पार्टी भेन्युमा सम्पन्न भएको थियो ।

क्यम्पमा बालबालिकाहरुलाई उत्प्रेरित गर्न युवा समाजसेवी तथा बेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले मोटिभेशनल स्पिच तथा वोर्कशप दिएका थिए भने बेसिक फोटोग्राफि तालिम जुजारु फोटोग्राफर रोहित मानन्धरले दिएका थिए ।

एरोविक्स तथा डान्स प्रशिक्षक तथा मोडेल सोनिया पुडासैनीले जीवनमा स्वस्थ रहन र मस्तिस्कलाई चुस्त अनी शरीरलाई चुस्त राख्नको लागि सबैभन्दा सजिलो ब्याम भनेको एरोबिक्स तथा डान्स् नै रहेको बताउदै बालबालिकाहरुलाई दुई दिननै उक्त विधाको तालिम दिएकी थिइन् । त्यस्तै बच्चाहरुको क्रीएटिभीटी बढाउनकोलागी अर्की प्रशिक्षक स्वरुप विश्वकर्माले ह्यान्डिक्राफ्ट तालिम दिएकी थिइन् ।

संगीतको तालिम म्युजिक प्रशिक्षक प्रवेक भट्टराईले दिएका थिए भने चितवन मेडिकल कलेजकी लेक्चरर तथा डिपार्टमेन्त कोर्डिनेटर बिनिता पौडेल अधिकारिले बालबालिकाहरुलाई दैनिक जीवनमा चाहिने सरसफाइको महत्व सम्बन्धी तालिम दिनुको साथै बालबालिकाहरुलाई पब्लिक स्पिकिङ को पनि तालिम दिएकी थिइन् ।

उक्त वर्कशपमा बालबालिकाहरुको म्यानेज्मेन्ट स्थानिय समाजसेवी देबु पौडेल तथा ग्रुमिङ क्यम्पसकी पहिलो ग्र्यजुएट प्रतिक्षा बरालिले गरेका थिए ।

कामना गिरी प्रमुख प्रशिक्षक रहेको उक्त वर्कशप जस्तै खालका कार्यक्रमले बालबालिकाको ब्रिहत्तर बिकासमा टेवा पुर्याउने दार्शाउंदै फेरी फेरी पनि यस्तो कार्यक्रम लिएर आउनकोलागी सहभागि बालबालिका तथा अभिभावकहरुले आग्रह गरेको संस्थाका उत्प्रेरक तथा लिडरशिप कोच विनोद पौडेल बताउंछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com