अब पुरुषलाई पनि गर्भनिरोधक चक्की


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

महिलाहरुले जस्तै पुरुषहरूले पनि परिवार नियोजनको लागि चक्की प्रयोग गर्न पाउने भएको छ । पुरुषहरूका लागि परिवार नियोजनको लागि कन्डम, भ्यासेक्टोमी मात्र नभइ चक्की पनि उप्लब्ध हुने भएको हाे ।

उक्त चक्कीमा शुक्रकीट उत्पादन रोक्ने हर्मोन हुनेछ ।  चक्की बजारमा आउन भने अझै एक दशक लाग्न सक्ने एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा बताइएको छ ।

अनुसन्धानकर्ताहरूले शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्ने चक्की उत्पादनको लागि एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान गरिरहेका छन् ।

एन्डोक्राइन सोसाइटीको सम्मेलनमा चक्की बारे उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको जनाएका छन् । पाँच पुरुषहरुले चक्कीको प्रयोग गरेका परीक्षणबाट तीन पुरुषहरुले यौन इच्छामा कमी आएको बताए भने दुई जनाले उत्तेजनामा कमी आएको तर यौन क्रियाकलापमा भने असर नपरेको बताइएको बीबीसीमा उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त चक्कीले जन्म रोक्छ की रोक्दैन भन्ने थाहा पाउनको लागि भने लामो परीक्षण आवश्यक्ता रहने बीबीसीमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com