मकै बेचेरै मासिक ३५ हजार !


प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

देशभित्र सम्भावना नदेखेर विरक्तिँदै विदेशिने युवाको जमात ठूलो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक लाग्ने लर्कोले नेपालीको विदेशमोह झल्काउँछ ।

तर, स्वेदशमा नै केही गर्न सकिन्छ भन्ने बर्गेल्ती उदाहरण पनि छन्, हाम्रै वरिपरि । नवलपुरको गैंडाकोट नगरपालिकाका–८,थुम्सीका स्थानीय यस्तै गतिला उदाहरण हुन् । यहाँका ८० स्थानीय समाजले झिनोमसिनो ठान्ने हरियो मकै बिक्री गरेर मासिक ३५ हजारभन्दा बढी कमाइरहेका छन् ।

पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधनमा आउने यात्रुहरुलाई मकै बेच्नु उनीहरूको दैनिकी हो । राजमार्गको सवारी कर लिने स्थानको वरपर कोही हरियो मकै प्लास्टिकमा पोको पार्दै बेच्न दौडिरहेका हुन्छन्, त कोही मकै पोलेर बेचिरहेका हुन्छन् ।

गैंडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले विगत ५ वर्षदेखि सोही ठाउँमा बसेर मकै बेच्दै आइरहेका छन् । पहिला मनहरि एक्लै यो पेशामा थिए । अहिले उनकी श्रीमती कमलाले पनि उनलाई सघाउँछिन् । ‘मकै बिक्रीबाट विदशिएकाले भन्दा राम्रो कमाइ गर्दै आइरहेका छौं’, मनहरिले प्रशन्न हुँदै भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सापकोटा दम्पत्तिकै पदचाप पछ्याउँदै अन्य ६ जोडीले पनि यो क्षेत्रमा हरियो मकै बिक्रीलाई आफ्नो पेशा बनाएका छन् ।

१० घोगा मकैलाई एक सयमा बेच्ने गरिन्छ । एक जनाले दैनिक १ सय ५० देखि २ सय घोगासम्म मकै बिक्री गर्ने गरेको मनहरि बताउँछन् । पोलेको मकै प्रतिगोटा २० रुपैयाँका दरले बिक्री हुन्छ । उनीहरूले आफ्नै खेतबारीमा मकै लगाउने गरेका छन्, त्यो पनि दुई सिजन । तैपनि उनीहरुलाई बिक्रीका लागि मकै अभाव हुने गरेको छ । यस्तो बेला अन्यत्रबाट मकै ल्याएर बिक्री गर्ने गरेको मनहरि बताउँछन् ।

‘अन्यत्रबाट मकै खरिद गरेर बेच्दा नाफा कम हुन्छ, तर आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ’, मनहरिले भने, ‘मकै बेचेर गरेको आम्दानीले घर परिवार चलाउन सहज भएको छ । जागिर खोज्न जानुपरेको छैन ।’

गैंडाकोट ७ कै देवप्रसाद सापकोटा पनि श्रीमतीसहित दैनिक मकै बेच्न राजमार्गमा आउने गरेका छन् । उनीहरु दुवै जनाले दिनमा ५ सय घोगा मकै बेच्ने गरेको सुनाए । ‘हामी बुढाबुढी भएर दिनमा ५ सय जति घोगा मकै बेच्छौं’, देवप्रसादले अनलाइनखबरसँग भने, ‘महिनामा १ लाख जति कमाउँछौं, खर्च कटाउँदा ७०–८० हजार हुन्छ ।’

गैंडाकोट नगरपालिकाले राजमार्गमा बसेर मकै बेच्दा होसियारी अपनाउन भनेको छ । दुर्घटना हुन सक्ने भएकाले सचेत भएर बेच्न उसले आग्रह गरेको हो । मकै बेच्ने ठाँउको सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए । सो ठाँउमा दुर्घटना हुन सक्ने भएकाले अन्यत्र सिफ्ट गर्ने योजना बनाएको मेयर पौडेलले जानकारी दिए । ‘नगरपालिका देखेपछि उहाँहरु भाग्नुहुन्छ, हामी उहाँहरुलाई त्रसित बनाउने पक्षमा छैनौं’, मेयर पौडेलले भने, ‘अन्यत्र यात्रुलाई आरामसहित रिफ्रेस हुने स्थान बनाउने र त्यही नै मकै बेच्ने योजना बनाइरहेका छौं ।’ अनलाइन खबर बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com