हावाहुरीको पूर्वानुमान गर्ने उपकरण नै छैन नेपालमा


प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

A thunderstorm rolls in over Sydney, Monday, Nov. 8, 2010. The Bureau of Meteorology issued a severe thunderstorm warning for Sydney and coastal NSW for heavy rainfall, large hailstones, flash flooding and damaging winds. (AAP Image/Dean Lewins) NO ARCHIVING

बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो । त्यसको केही समयअघि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन ।

सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ । त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाई छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

हवाई उड्डयनका लागि सिमरा विमानस्थलमा जडित मौसम स्टेसनले पनि हावाहुरीको पूर्वसंकेत गर्न सकेन । महाशाखाका अनुसार हावाहुरीको छुट्टै अनुमानका लागि आवश्यक पद्धति र उपकरण नेपालमा छैनन् । महाशाखाले मेघ गर्जनसहित वर्षा हुने अनुमान मात्र गर्ने गरेको छ ।

महाशाखाका अनुसार हावाहुरी आउने पूर्वानुमान गर्न राडार नेटवर्क टेक्नोलोजी, विविध टेक्नोलोजी र इनसेम्बर वेदेर फोरकास्टिङ (संख्यात्मक मौसम पूर्वानुमान पद्धति) आवश्यक पर्ने मौसमविद् सुजन सुवेदीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com