श्रम मन्त्रालयमा कल सेन्टर सुरु : देश र विदेशका लागि छुट्टाछुट्टैै नम्बर


प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

कल सेन्टरमा समस्या र गुनासा सुन्न देशभित्र र बाहिरका लागि छुट्टाछुट्टै नम्बरको व्यवस्था गरिएको छ । देशमा भएकाहरुले ११४१ र १६६००१५०००५ नम्बरमा फोन गर्न सकिनेछन् ।

वैदेशिक रोजगारीका लागि जानुअघि देशभित्रै ठगीमा पर्दा वा विदेशमा पुगिसकेपछि भनेको काम र तलब नपाएर समस्यामा पर्दा कल सेन्टरमा फोन गरेर सहयोग माग्न सकिने छ ।

सेवाग्राहीको गुनासो तत्काल प्राप्त गर्न र  उनीहरुको गुनासोलाई तत्काल सम्बोधन गर्ने गरी काम अघि बढाउन मन्त्री विष्टले दिएको निर्देशनअनुसार मन्त्रालयभित्रै कल सेन्टर स्थापना गरिएको हो ।

गुनासा र समस्या सुनेर तत्काल समाधान गरिने  छ। मन्त्रालयले यसअघि पनि वैदेशिक रोजगार विभाग र मन्त्रालयमा नै ‘हेल्प डेस्क’ सञ्चालन गरेको थियो । तर त्यो प्रभावकारी हुन नसकेपछि कल सेन्टर सुरु गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेलाई नेपाल टेलिकमको मोबाइलबाट यी नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । केही समयपछि एनसेलका प्रयागकर्तालाई समेत निःशुल्क हुनेगरी व्यवस्था मिलाउने बोर्डको तयारी छ । विदेशमा हुनेहरुले भनेर ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् ।

सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने 

कल सेन्टरमा फोनसँगै सामाजिक सञ्जालबाट पनि गुनासा र समस्या टिपाउन सकिने गरी व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।

फेसबुक, इमो, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने गरी कलसेन्टरको स्थापना गर्न लागिएको छ ।  ९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिने छ ।

त्यसका लागि मन्त्रालयको फेसबुक पेज https://www.facebook.com/molcallcenter/गुनासो तथा समस्या राख्न सकिने छ । कलसेन्टरमा फोन गरेर कुनै जानकारी लिन चाहेका तत्काल जानकारी लिन सकिने र गुनासो र सुझाव भएमा पनि सम्बन्धित निकायलाई तत्काल त्यसको सम्बोधन गर्नका लागि उत्तरदायी बनाउन कल सेन्टरले सहयोग गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com