यी हुन् एउटै विमान उडाउने आमाछोरी पाइलटको जोडी


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

अमेरिकाको डेल्टा एयरको एक जहाजमा गत हप्ता एउटा विशेष पल क्यामेरामा कैद भयो । यो विमान उडाउने दुई पाइलटहरु साख्खै आमाछोरी थिए । यो कुरा जब विमानका यात्रुहरुले थाहा पाए सबै निकै उत्साहित भए ।

एक यात्रुले त उनीहरुसँग भेट्ने इच्छा देखाए र उनीहरुको फोटो पनि खिचे । एउटै विमा उडाइरहेका साख्खै आमाछोरी पाइलट भएको यो पहिलो घटना हो । उडिरहेको एउटै विमानको ककपिटमा ड्युटीमा रहेका आमाछोरीको यो फोटो निकै लोकप्रिय भइरहेको छ ।

आमाछोरीको यो जोडीले विमानलाई लस एन्जल्सबाट अटलान्टा लिएर गएका थिए । एक यात्रुले यी दुईको यो विशेष पल क्यामेरामा कैद गरे र फोटो शेयर गर्दै लेखे ‘यी आमाछोरीलाई भेट्नुस् । यी हुन् क्याप्टेन वेंडी रेक्सन र उनकी प्रथम अफिसर छोरी केली रेक्सन ।’

यो पोस्ट ५० हजार भन्दा धेरै पटक लाइक गरिएको छ र १८ हजार भन्दा धेरै पटक रिट्वीट भएको छ । यो फोटोमा कमेन्ट गर्दै अर्का एक पाइलटले पनि आफ्ना छोरासँगको फोटो शेयर गरेका छन् । यी बाबुछोराले पनि केही समयमै एउटै विमान उडाउने अद्भूत अवसर पाउँदैछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्वीटरमा यो फोटोलाई उत्साहित बनाउने खालको भएको प्रतिक्रिया दिएका छन् । रिपोर्टका अनुसार वेंडीको परिवारका लगभग सबै पाइलट छन् । उनका पिता बिल ब्राउन अवकाशप्राप्त पाइलट हुन् । उनका पति माइकल रेक्सन अमेरिकन एयरलाइन्सका पाइलट हुन् र उनकी अर्की छोरी केट पनि पाइलट नै हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com