जापानमा शरणार्थी मान्यताका लागि आवेदन दिनेको संख्या घट्यो


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

सन् २०१८ मा शरणार्थीका रुपमा आवेदन दिने विदेशी नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा आधाले घटेर १० हजार ४ सय ९३ मा आएको छ । यो सात राष्ट्रको समूह जी सेभेनमा रहेका अन्य राष्ट्रको तुलनामा भने निकै कम हो । आठ वर्षमा पहिलो पटक यसरी शरणार्थीका लागि आवेदन दिनेको संख्या घट्नुमा ‘नक्कली आवेदन’ माथि भएका कडा कारवाही प्रमुख कारण रहेको न्याय मन्त्रालयले बताएको छ । सन् २०१८ को जनवरीमा मन्त्रालयले आवेदन प्रकृयामा कडाइ गर्नु अघि शरणार्थी शिविरका लागि आवेदन दिनेको संख्या झण्डै २० हजारको उचाइनजिक पुगेको थियो । गत वर्ष जापानले ४२ जना आवेदकलाई शिविर प्रदान गरेको थियो । यो अघिल्लो वर्षको २० जनाको तुलनामा दोब्बर हो । यो हरेक वर्ष हजार देखि १० हजारसम्म शरणार्थी आवेदन स्विकार गर्ने अन्य जी ७ राष्ट्रको दरसँग तुलनायोग्य भने छैन । त्यस्तै गत वर्ष जापानले ४० जना आवेदकलाई मानवीय कारणका लागि रेसिडेन्स स्टेटस अनुमोदन गरेको मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष शिविर प्रदान गरिएको ४२ शरणार्थीमध्ये १३ जना कङ्गो, पाँच जना यमन र इथियोपिया र चार जना अफगानिस्तान र चीनबाट रहेको बताइएको छ । त्यस्तै नेपाल, श्रृलंका, कम्बोडिया, फिलिपिन्स र पाकिस्तान त्यस्तै शिविरका लागि आवेदन दिने पाँच शीर्ष राष्ट्रमा परेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्र्ष बढी आवेदकलाई शरणार्थी स्टेटस दिइएको कुरालाई गैर नाफा मूलक संस्था जापान शरणार्थी संघको सञ्चालन समितिकी अध्यक्ष इरि इशिकावाले स्वागतयोग्य बताएकी छिन् । गत वर्ष सबैभन्दा धेरै शरणार्थी स्विकार गर्ने जी ७ राष्ट्रमा जर्मनी शीर्ष स्थानमा रहेको संयुक्त राष्ट्र संघको शरणार्थीका लागि उच्च आयोगको कार्यालयबाट प्राप्त तथ्याङ्कले देखाएको छ ।

न्याय मन्त्रालयले सन् २०१० मा शरणार्थी शिविरका लागि आवेदन दिने प्रकृयामा परिवर्तन ल्याएको थियो । यसले भिसामा जापान आउनेवित्तिकै आवेदन बुझाएको ६ महिनापछि विदेशीहरुलाई काम गर्ने अनुमति दिन्छ । आवेदन प्रकृयामा लामो समय लाग्ने भएकाले त्यसको आर्थिक बोझ आवेदकमा कम परोस् भन्नका लागि यो परिवर्तन ल्याइएको थियो । सन् २०१० मा शरणार्थी शिविरका लागि आवेदन दिनेको संख्या १२ सय २ जना रहेकोमा सन् २०१७ मा यो संख्या १९ हजार ६ सय २९ को कीर्तिमानी उचाइमा पुष्ेको थियो । सन् २०१८ को जनवरीमा मन्त्रालयले बुझाएको दुई महिनापछि आवेदन प्रकृयामा काम शुरु गरिनुपर्ने नियम ल्याइयो । तार्किक कारण नहुनेहरुको आवेदन अस्विकार गर्न पनि मन्त्रालयले शुरुआत गर्यो । । तर केही आवेदकले भने मन्त्रालयले आफूलाई आवेदन हाल्न पनि रोक लगाएको बताएका छन् । यसबारे स्पष्ट जानकारी भने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com