नेपालमै, गाँउ खोसाखोस, बासिन्दाहरुसँग , दुबै जिल्लाको परिचयपत्र


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

दोहोरो मतदाता परिचयपत्र देखाउँदै रत्नमाया मगर र यकुमाया मगर। दोहोरो मतदाता परिचयपत्र देखाउँदै रत्नमाया मगर र यकुमाया मगर। उदयपुर र सिरहाका केही गाउँका बासिन्दा आफूहरूलाई कुन जिल्लाको हो भनी छुट्याउन सक्दैनन्। कारण हो, सीमा विवाद।

प्रदेश १ मा पर्छ उदयपुर। सिरहा भने प्रदेश २ को जिल्ला हो। सिरहाको लहान नगरपालिका–१६ र उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित आरिदमार, आहाले, बर्दमार, टाडे, देउराली, धाव्रे, सोलुढुंगा, ढुंग्रे, नागबेली, रुम्जाटार, भसुवा, भुमरे, मतिटारलगायत चुरेका गाउँ सीमा विवादको भुमरीमा फसेका छन्।

दुवै जिल्लाले ऐतिहासिक कारण देखाउँदै यी गाउँ आफ्नो दाबी गर्दै आएका छन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले समस्या जटिल बनेको छ । प्रविधिको प्रयोग गरी कुन जिल्लाको भूगोल हो भन्ने यकिन गर्ने भनिए पनि हालसम्म सीमा छुट्याउन प्रविधि प्रयोग हुन सकेको छैन। उदयपुर पक्षले २०३२ सालअघि पञ्चावती चुरे क्षेत्रअन्तर्गत रहेको दाबी गरेको छ भने सिरहाले पुरानो तरिगाना गोविन्दपुर गाविसमा रहेको दाबी गरेको छ।

२०२८ सालमा नापी भएको स्थानका अधिकांश जग्गाधनीले उदयपुरबाट पुर्जा बनाएका छन्। नागरिकता भने अनुकूल हेरी दुवै जिल्लाबाट बनेको स्थानीयको भनाइ छ। जहाँका मानिस आफू कताको हुँ भन्ने टुंगा नलाग्दा सरकारी सेवासुविधाबाट वञ्चित छन्। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com