सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ ।

खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो ।

थापाको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको र हेलिकप्टरको खर्च जिल्ला प्रशासन कार्यालय मुगुको सिफारिशमा महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयले व्यहोर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो । थापाको यो चौथो गर्भ रहेको र मङ्गलबार स्वास्थ्य केन्द्र ल्याइएकी थापाको पाठेघरको मुख खुले पनि बच्चा जन्मिन भने नसकेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मनोजकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

थापाको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको चिकित्सक तिमिल्सिनाले भन्नुभयो । तीन दिनदेखि सुत्केरी हुन नसकेर अस्पतालमा छट्पटाइरहेकी थापाको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य केन्द्रमा प्रसूति सेवासम्बन्धी सामान्य सेवाबाहेक जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र प्रेषण गर्नुको विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

यसअघि पनि चैत ५ गते सोरु गाउँपालिका–५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com