अमेरिकाबाट स्वदेश फर्के प्रचण्ड


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

अनिल अधिकारी

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पत्नी सीता दाहालको उपचारपछि न्यूयोर्कबाट मंगलबार राती स्वदेश फर्केका छन् । अघिल्लो साता सोमबार अमेरिका आइपुगेका अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनी सहित न्यूयोर्कबाट स्वदेशका लागि प्रस्थान गरेका हुन् ।

नेकपा अध्यक्ष दाहाल मंगलबार राती ११ बजे जोन एफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलबाट स्वदेशका लागि उडेका हुन् । अध्यक्ष प्रचण्डको बिदाईका लागि राजदुत डाक्टर अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्यदूत पुष्पराज भट्टराई लगायत केही नेकपा सर्मथित नेताहरु समेत बिमानस्थल पुगेका थिए ।

अध्यक्ष दाहालले पत्नी सीतालाई यहाँका तिन अस्पताल जोन हप्किन्स, जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टर र बरमिन्गम यूनिभर्सिटीमा उपचार गराएका छन् । सोमबार वासिङटन डिसी ओर्लेका दाहालले पत्नी सीतालाई मंगलबार मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्स अस्पतालमा परिक्षणका लागि पुराए, त्यसपछि उनले पत्नीको पार्किन्सन रोगका बारेमा बिशेष उपचार हुने अस्पताल जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा पुराई स्वास्थ्य परिक्षण गराए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै अध्यक्ष दाहालले पत्नी सीतालाई अलाबामा राज्यमा रहेको बरमिन्गम यूनिभर्सिटीमा पछिल्ला दिनमा उपचार गराएर स्वेदश फर्केका छन् । दाहाल पत्नी सीताको उपचारको सबै समन्वय वासिङटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो ।

अध्यक्ष दाहालले पत्नी सीताको उपचारसंगै यस क्रममा केही राजनीतिक भेटघाट तथा छलफल समेत गरे । उनले अमेरिकी बिदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया प्रमुख एलिस वेल्ससंग दुई देशको सम्वन्ध र हितका बारेमा कुराकानी गरेका छन् । यस्तै अध्यक्ष दाहालले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डिलेसीसंग समेत कफि भेटघाट गरे, यस्तै हालै मात्रै मेरिल्याण्ड राज्यको, राज्य संसदमा निर्वाचित नेपाली मुलका ह्यारी भण्डारीसंग भेटघाट गरेका छन् । यसैगरी अध्यक्ष दाहालले वासिङटन डिसी क्षेत्रमा रहेका केही प्रतिनिधि नेपालीहरुसंग समेत छलफल गरे ।

नेकपा अध्यक्ष दाहाललाई यहाँ नेकपा सर्मथित केही नेताहरुले समेत भेटघाट गरेका छन् । सातादिनका लागि अमेरिकामा रहेका अध्यक्ष दाहाललाई नेपाली राजदूतावास, संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग र न्यूयोर्कमा रहेको बाणिज्य दूतावासले बिशेष स्वागत तथा छलफलको आयोजना गरेको  थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com