पोखरामा स्थानीय, प्रहरी र जनप्रतिनिधबीच झड्प


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

पोखरा महानगरपालिका वडानं. ५ अन्र्तरगत धारापानी मार्गमा रहको युवा व्यवसायी युवराज खतिवडाको घर मापदण्ड विपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ ।

पोखरा महानगरकै प्रवक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु भत्काउने बाचा अनुरुप काम थालनी गरेको बताए । महानगरको डोजर साथै महानगर प्रहरी घर भत्काउन जाँदा स्थानीयहरुको चर्को अवरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्कीबाट उल्लेखनीय संख्यामा प्रहरी परिचान गरिएको थियो ।

वडा सदस्य अन्जु केसीसंगको व्यक्तिगत झगडाका कारण युवराज खतिवडाको घर भत्काईएको स्थानीयहरुको आरोप थियो । यद्यपी वडाध्यक्ष धनबहादुर नेपालीका अनुसार यो कानुनी प्रकृया अनुसार नै भत्काईएको र बाँकी संरचनाहरु पनि यसैगरी भत्काईने स्पष्ट पारे । स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन तथा हात हालाहालको अवस्था समेत सृजना भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com