बिहे गर्दै अभिनेत्री रेखा थापा


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

२० बर्षदेखी नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाले आफ्नो बिहे चाँडै हुने संकेत गरेकी छिन् । थापाले भनिन्, ‘बिहे नहुने भनेर कसले भन्यो ? डन्ट वरी, बिहे पक्का हुन्छ, यो सबैलाई शुभ खबर भनौँ । तर ४० बर्ष पुगेपछि मात्रै ।’

आफु चलचित्र र राजनीतिमा ब्यस्त भएकाले अझैं केहि बर्ष दायाँबायाँ“ ध्यान नदिने अभिनेत्री थापाको तर्क छ । ‘बिहे गर, बच्चा पाउ, यसो–उसो गर्दा चार बर्ष बित्छ’, उनले थपिन्, ‘अझै चारबर्ष मज्जाले चलचित्र क्षेत्रमा काम गर्ने र बिहे गर्ने योजना छ ।’

हाल राजनीतिसँगै एक चलचित्रको काममा ब्यस्त यि अभिनेत्री कुन फिल्डको व्यक्तीसँग लगन गाँठो कस्छिन् त ? त्यो भने खुलाएकी छैनन् । तर, रेखाको बिहे राजनितीमा लागेको व्यक्तीसँग बिहे हुने सम्भाबना छ ।

रेखाको कुरा सुन्ने हो भने उनलाई मिल्ने केटा चलचित्र क्षेत्रमा छैनन् रे । न त ब्यापारिक क्षेत्रमा नै । हाल सिंगल जिवन बिताइरहेकी उनि प्रेममा खासै विश्वास नलाग्ने बताउँछिन् । उनि भन्छिन्, ‘प्रेममा फिटिक्कै विश्वास लाग्दैन, यो त फेक जस्तो लाग्छ ।’

केहि बर्ष चलचित्र क्षेत्रमा सक्रिय रुपमा काम गरेपनि भविष्यमा भने राजनितीमा पुर्ण रुपमा लाग्ने उनि बताउँछिन् । सोहि कारण पनि मन मिल्ने राजनितीज्ञ बेहुला हात माग्न आए भने रेखाले ओके भन्ने देखिन्छ । रेखालाई हाम्रोपनि अग्रिम शुभकामना ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com