दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ..


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ६५ वर्षे जैमल नेपालीले भन्नुभयो, ‘‘मान्छे पनि चिल जस्ता भएर उड्न थाले ।’’ आफूहरुले सुर्खेतबाट नूनको डोको बोकेर १५ दिन लगाएर दैलेख आएको सम्झना गर्दै उहाँले भनुभयो, “मुलुक धेरै परिवर्तन भएको छ । हाम्रो पालाजस्तो छैन ।”

दैलेखमा तीन÷चार वर्षअघि दुई पटक प्याराग्लाइडिङ्गको परीक्षण गरिएको भए पनि नियमित रुपमा उडान यस वर्ष भएको छ ।

दैलेख महोत्सवको अवसरमा पाँच दिनसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको थियो । महोत्सवको सबैभन्दा आकर्षक नै प्याराग्लाइडिङ रहेको दैलेख उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो । दैलेखमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्नका लागि र पञ्चकोशी क्षेत्र भ्रमणमा आउने धार्मिक पर्यटकका लागि पनि दैलेख बजारबाट प्याराग्लाइडिङको उडानको सम्भावना रहेको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्याराग्लाडिङका पाइलट दैलेखकै बुढा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दैलेखमा यसपालि तीन प्याराग्लाइडिङ गरिएको थियो । दैलेखको महाबु गाउँपालिका–३ का नवीन बुढाले विगत दुई वर्षदेखि प्याराग्लाइडिङगको उडान गरिरहेका छन् । भारतमा कोर्ष पूरा गरेर नेपालमा अधिकारी उडानको जिम्मेवारी पाएका उनले द एड्भेञ्चर प्याराग्लाइडिङमा काम गरेको बताउनुभयो ।

अहिले दैलेखका विभिन्न सम्भावना भएका स्थानमा आफूले परीक्षण उडान गरेको बुढाको भनाइ छ । दैलेखका महावु, सदरमुकाम दैलेख बजारको पुरानो बजार, गिताचौरलगायतका स्थानबाट उडान गर्न सकिन्छ । उडानसँगै अन्त्यमा बस्नबका लागि पनि भू–भागको आवश्यकता पर्दछ ।

चैत-वैशाखमा हावा, हुरीका कारण अलि धेरै जोखिम हुने बुढाको भनाइ छ । दैलेख सदरमुकाम टाकुरोमा भएकाले उडान गरेका सबै व्यक्ति आकाशमाथिबाट दैलेख बजार देख्दा निकै मोहित भएको बुढाको बताउनुभयो ।

महिला पनि आकाशमा 

साहसिक पर्यटनको नाम दिइएको प्याराग्लाइडिङको उडान दैलेखमा महिलाले समेत गरेका छन् । पहिलो पटक दैलेखका महिलाले आकाशमा उडेको अनुभव सुनाउँदै कमला थापाले भन्नुभयो, ‘‘निकै रमाइलो हुँदोरहेछ । जहाजमा चढेको भन्दा पनि छुट्टै अनुभव भयो ।’’ प्याराग्लाइडिङ गर्न पोखरामा जाने उहाँको धोको दैलेखमै पूरा भएको छ । कमलाजस्तै धना खड्काले पनि प्याराग्लाइडिङमा उड्दाको आनन्द शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com