सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्याइएको छ । बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, २०७५’ सरकारले स्वीकृत गरेको छ ।
नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सबै जिम्मा सरकारले लिने व्यवस्था छ । ७० वर्षमाथिकालाई छुट्टै इकाइ मानेर थप १ लाख रुपैयाँसम्मको सेवा दिने भएको छ ।
प्रिमियम रकम पनि प्रतिपरिवार ५ जनासम्मका लागि ३५ सय तोकिएको छ । तर, ७० वर्षमाथिका ज्येष्ठ नागरिक भए परिवारमा उनीहरूको संख्या गणना हुनेछैन । याे समाचार अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।