राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।
मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ ।
तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।