अमेरिकाले नेपाललाई डेढ खर्ब सहयोग गर्ने


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पु-याउने बताएको छ । शुक्रबार २४३ औँ राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत -यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई बिनाशर्त यो सहयोग दिन लागेको प्रस्ट पारेका छन् ।

दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले आफूलाई कुनै दाताभन्दा पनि साझेदारको रुपमा सहयोग गर्न लागेको उल्लेख गरे । ‘अमेरिका र नेपालबीच बलियो, प्रगाढ र सन्निकट सम्बन् आगामी दिनमा अझै प्रगाढ र आत्मीय बनदै जानेछ,’ राजदूत बेरीले भने, ‘म यो सम्बन्धको निरन्तरताको कामना गर्दछु ।’ याे समाचार अन्नपूर्णमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com