आत्महत्या गरेका युवकको पहिचान नहुँदा ४० दिनदेखि अस्पतालमै शव


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

काठमाडौको चन्द्रागिरि नगरपालिका-१४, नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र परेको छ । मृत्यु भएको ४० दिन वितिसके पनि पहिचान नखुलेपछि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अलपत्र परेको हो ।महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका अनुसार मृत्यु हुने युवकले आफ्नो घर धादिङको केराबारी बताउने गरेका थिए ।

मिस्त्री काम गर्ने उनले साथीभाइ मध्ये कसैलाई आफ्नो नाम रवीन्द्र तामाङ त कसैलाई दिपक स्याङ्त्याङ बताउने गरेका थिए ।तर, उनको यो ठेगाना र पहिचानबाट प्रहरीले मृतकको परिवार र आफन्तलाई फेला पार्न सकेको छैन । उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल त पठाइएको छ तर, प्रक्रिया अघि बढ्न सकेको छैन ।

कानूनतः पोष्टमार्टमका लागि मृतकको परिवारले जाहेरी दिनुपर्ने हुन्छ ।उनी एक वर्षअघि देखि नैकापस्थित खड्गराज आरनको घरमा भाडामा बस्दै आएको प्रहरीको भनाइ छ । उनले प्रयोग गर्ने गरेको मोबाइलको सीम कार्ड पनि आफ्नो नाममा छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘आफूसँग नागरिकता नभएको बताएपछि ठेकेदारहरुले आफ्नो सीम दिएका रहेछन्’, वृत्तका एक प्रहरी अधिकारीले भने ।गहुँ गोरो वर्ण, पातलो शरीर र ५ फिट ६ इञ्च उचाइ र ९८०३७७८३२४, ९८६९७४९८२४, ९८१३११८५४४ र ९८०३७७७९७६ गरी ४ वटा नम्बरको मोबाइल बोक्ने उनलाई चिन्ने व्यक्ति वा परिवारका सदस्यले नजिककै रहेको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन थानकोट प्रहरीले अनुरोध गरेको छ । अनलाईन खबर बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com