सगरमाथाको काखमा सडक , लुक्लामाथि सडक नलान पर्यटन व्यवसायीको सुझाव


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ। गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्याउने गाउँपालिकाले जनाएको छ। जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ। अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।

उजका अनुसार अहिले माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको बुम्बुरीसम्म सडक पुगिसकेको छ भने खरिखोला पुग्न करीब चार किलोमिटर बाँकी छ। “सगरमाथाको काखमा सडक पुग्यो भन्दा फरक पर्दैन”, प्रवक्ता शेर्पाले भने, “सदरमुकाम सल्लेरीदेखि बुम्बुरीसम्म सवारीसाधन सञ्चालन भैसकेको छ।” उनका अनुसार माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्र्याक खोल्ने काम भैरहेको छ।

ट्र्याक खोल्न दुई गाउँपालिकाले रु ३९÷३९ लाख लगानी गर्ने सहमतिपत्र नै तयार गरेर काम अघि बढाइेको छ। रकम अपुग भए पुनः खर्च विवरणानुसार दुवै गाउँपालिकाले बराबरी लगानी गर्ने सहमति भएको माप्यदूधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिए।

विकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडि बढ्ने सहमति भएको उनको भनाइ छ। सरदमुकाम सल्लेरीदेखि ३० किलोमिटरमा रहेको माप्यदूधकोशी–२ अँधेरीसम्म यसाघिनै सडक पुगिसकेको थियो भने वडा नं १ हुँदै खुम्बुपासाङल्हामुको वडा नं १ को बुक्सासम्म ४० किलोमिटर सडक यस वर्ष निर्माण गरिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुक्लासम्मको बाँकी करीब ३० किलोमिटर सडक आगामी आर्थिक वर्षमा निर्माण गरिने प्रवक्ता शेर्पाले जानकारी दिए।

लुक्लामाथि सडक नलान सुझाव

पर्यटकीय हिसाबले विश्वमै चर्चित ‘एभरेष्ट रिजन’मा घुम्ने पर्यटकलाई थप आकर्षित गर्न खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्रसहित लुक्लाभन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन्।

सडकमार्गलाई लुक्लाभन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाइस्प्रिट ट्रेक्स एण्ड एक्सपिडीसन नेपाल प्रालिका सञ्चालक शिवबहादुर बस्नेतले बताए। उच्च हिमाली क्षेत्रमा जाँदा अधिकांशलाई स्वास्थ्य समस्यासमेत देखिने हुँदा एकैपटक उचाइमा जान उपयुक्त नहुने यस क्षेत्रमा आबद्ध व्यक्तिको भनाइ छ।

विसं २०५५ देखि पर्यटन क्षेत्रमा आबद्ध भैइ ‘अैसफल’ चिकित्सकको समेत भूमिका निर्वाह गरिसकेका याङ्दा शेर्पाले लुक्लादेखि पदमार्ग शुरु हुँदा ‘हाइअल्टिच्युट’को हिसाबले उपयुक्त हुने बताउँछन्। एक्कासि उच्च स्थानमा पुग्दा स्वास्थ्य समस्या देखिन्छ।

“काठमाडौँको तापक्रम र लुक्लाकै तापक्रम धेरै फरक पर्ने हुँदा एक्कासि उच्च क्षेत्रमा पुग्नु राम्रो होइन”, शेर्पाले भने, “हामी सगरमाथा जाने बाटो बनाउने भए पनि लुक्लाबाट एक्कासि सगरमाथा आधार शिविर हेलिकप्टरमा पुग्यो भने हामीलाई पनि टाउको दुख्नेलगायतका समस्या देखापर्छ।” त्यहाँको मौसम र पर्यटकको स्वास्थ्यलाई ध्यान दिँदा लुक्लाभन्दा माथि सवारीसाधनमा पुग्नु उपयुक्त नहुने आरोहीको भनाइ छ।

हिमशृङ्खलाको दृश्यावलोकनका लागि समेत लुक्लादेखि पैदलयात्रा उपयुक्त हुने हुँदा सडक निर्माणमा सोहीअनुसार ध्यान दिन आवश्यक रहेको सगरमाथा आरोही किताबसिं तामाङको भनाइ छ। सगरमाथा क्षेत्रको साख जोगाउन राज्यले ध्यान दिनुपर्ने आरोही तामाङले बताए।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com