अम्बानी सर्वाधिक धनाढ्य मालिक


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोर्ब्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसैसाता आफ्नो भाइको करोडौँ डलर ऋण तिरेर जेल जानबाट जोगाएका भारतीय धनाढ्या व्यवसायी मुकेश अम्बानी यस वर्षको उक्त सूचीको शीर्ष स्थानमा रहेको छ । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को अहिलेसम्मका सर्वाधिक विजेता मुम्बई इन्डियन्स टिमका मालिक हुन् ।

ग्यास र तेल प्रशोधन तथा टेलिकम ब्यवसायमा साम्राज्य खडा गरेका अम्बानी अहिले खेलजगतमा पनि छाएका छन् । फोब्र्सले हालै प्रकाशित कुल २० जना खेल टिमका सर्वाधिक धनाढ्यको नाम सार्वजनिक गरेको थियो । सूचीमा एनबीए टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टीभ बालमर दोस्रो र अटो रेसिंग टिम रेडबुल फर्मूला वानका मालिक डिएट्रिच माटेशिट्ज तेस्रो स्थानमा छन् ।

यी बाहेक आइस हकी टिमका सन जोस शार्कका मालिक हासो प्लेटनर एन्ड फेमिली, चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिच र केरोलिना प्यान्थर्स टिमका मालिक डेभिड टेपेर पनि सूचीकृत छन् ।

सूची अनुसार गत वर्षको तुलनामा यसपटक १३ टिमका मालिकहरुको सम्पत्ति वृद्धि भएको छ । यस्तै पाँच जनाको सम्पत्तिमा ह्रास आउँदा दुई टिमको सम्पत्ति भने स्थिर नै रहेको छ । ५ दशमलव ७६ लाख करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति भएका अम्बानीले सन् २००८ मा मुम्बई इन्डियन्स टिम खरीद गरेका हुन् । याे समाचार कविरम शर्माले नेपाल समाचापत्रमा लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com