सुनुवाईसम्म मेक्सिको फिर्ता पठाइएका एसाइलम आवेदक अमेरिकी अदालतमा उपस्थीत


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाइएका एकजना एसाइलम आवेदकलाई अमेरिकी अदालतमा उपस्थीत गराइएको छ । अमेरिकी अदालतमा सुनुवाईको मिति आएपछि उनलाई अमेरिकामा फिर्ता बोलाएर अदालतमा उपस्थीत गराइएको हो ।

अमेरिकी सरकारको माइगेन्ट प्रोटेक्सन प्रोटोकल अनुशार सिमाक्षेत्रमा आएर एसाइलम दावी गरेका उनलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएको थियो । हालसम्म झण्डै २४० जना आप्रवासीहरुलाई अमेरिकामा एसाइलमको सुनुवाईसम्मका लागि कुर्नका लागि मेक्सिको फिर्ता पठाइएको छ ।

१९ बर्षका एरियलले गिरोहको डरका कारण होण्डुरस छाडेर अमेरिकामा शरण खोज्नका लागि क्यालिफोर्नियाको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गरेका थिए । गत जनवरी ३० मा उनलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको नै फिर्ता पठाइएको थियो ।

उनी मेक्सिकोमा रहेको सेल्टरबाट उबरमा चढेर मंगलबार अदालती सुनुवाईका लागि आएका थिए । उनले आफूलाई होण्डुरस फिर्ता पठाइएमा गिरोहबाट मारिने जनाएका छन् ।

अमेरिकन सिभिल लिबर्टी युनियन एसीएलयु लगायतका आप्रवासी अधिकारका क्षेत्रमा काम गरिरहेका संस्थाहरुले एसाइलम सुुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत पुगेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com