हत्याको अनुसन्धान गर्दा सरकारी कर्मचारीकै पोल खुल्यो !


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

बांकेका सरकारी कर्मचारीहरुले सरकारी जमिन ब्यक्तिका नाममा गराईदिए पछि भएको बिबाद ब्यक्ति हत्या सम्म पुगेको छ । घरजग्गा कारोबारमा संलग्न भारतीय नागरिक जुनेद अन्सारीको हत्याको अनुसन्धानका क्रममा मृतकको घरमा मालपोत कार्यालयको ढड्डा भेटिएपछि एक पछि अर्को गर्दै सरकारी कर्मचारी प्रहरी नियन्त्रणमा पर्न थालेका छन् ।

मृतक जुनेदको अपहरण तथा ज्यान लिएको अभियोगमा मुद्दा खेपि दुईसातादेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका नेपालगन्जका खैरुल हसन अन्सारीको बयान र मृतकको घरमा फेला परेको ढड्डाका आधारमा बांके र बर्दियाका गरि कम्तीमा ८ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक जुनेदको घरबाट मालपोत कार्यालय बाँकेको सरकारी लिखत भएको प्रमाणित ढड्डा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले स्विकार गरेका छन् ।भूमि सुधार तथा मोलपोत कार्यालय बाँकेको ढड्डा ब्यक्तिको घरमा फेला परेको छ । सोही ढड्डाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कागज किर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका ६ जना र दुईजना बर्दियाबाट पक्राउ गरेको छ । ढड्डामा सरकारी जग्गाको श्रेष्ता समेत फेला परेपछि प्रहरीले सरकारी कागज किर्तेको विषयमा थप अनुसन्धान अघि बढाउँदै संलग्न देखिएका कर्मचारीलाई पक्राउ गरेको हो ।

बाँकेका दुईजना लेखनदारलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय बाँकेका नासु रामबहादुर खड्का, रुद्र देवकोटा र टंक शर्मा तथा कम्प्यूटर कर्मचारी यज्ञश्वर वली र प्रेमचन्द्र ठकुरी रहेकाछन् । यसैगरी लेखनदार विरबहादुर खड्का पनि पक्राउ परेका छन् । प्रहरीले मालपोत कार्यालय बाँकेका पुर्ब अधिकृत हाल जिल्ला हुलाक कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठलाई समेत पक्राउ गरेको छ भने भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका नासु कृष्णलाल शर्मा र खरिदार भूमिराज पोख्रेल समेत प्रहरी नियन्त्रणमा परेकाछन् ।
हत्याको अनुसन्धानका क्रममा सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्न सरकारी कागजाद किर्ते गरेको फेला परेको प्रहरी उपरिक्षक पौडेलले बताउनु भयो ।
प्रहरीका अनुसार नेपालगञ्जमा बस्दै आएका भारतीय नागरिक जुनेद अन्सारी र खैरुल हसन अन्सारीले जग्गाको कारोबार गर्दै आएका थिए । करिब डेढ महिना पहिले जुनेद सम्पर्कविहिन भएका थिए । हराएको भोलीपल्टै भारतमा शव भेटिएको थियो । जुनेदले लगाएको कपडाको आधारमा परिवारले शवको सनाखत गरेको थियो । मृतक जुनेदका परिवारका तर्फबाट घर जग्गाका साझेदार खैरुलको विरुद्धमा जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा ज्यान मुद्धा दर्ता भएको थियो ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले आफु कार्यालय प्रमुखको रुपमा आउनु भन्दा पहिलेको घटनामा कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए । मालपोतका अनुसार, बागेश्वरी मन्दिर नजिकैको खाल्डो भएको जमिन करिब ५ कठ्ठा र कारकादौंमा ५ कठ्ठा १३ धुर जग्गाको कागजात किर्ते गरिएको प्रहरीको दावी छ । ठुलो संख्यमा कर्मचारी प्रहरी हिरासतमा पुगेपछि मालपोत कार्यालयको दैनीक काममा बाधा पुगेको प्रमुख दौल्यालले बताउनु भयो । घटनाको अनुसन्धान भई रहेकाले थप बिवरण दिन भने प्रहरीले अस्विकार गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com