जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँबाट खेदाउने विप्लवको उद्घोष !


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ ।

विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता रेशम नेपालीले भने।

फोन सम्पर्कमा आएका नेता नेपालीले सरकारले आफ्ना पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएकाले अन्य दलका गतिविधिलाई पनि आफूहरुले प्रतिबन्ध लगाउने बताए ।

‘हामी छलफकै क्रममा रहेका छौं, जिल्लाको सांगठनीय अभियान सुदृढ बनाउँदै विकास निर्माणमा समेत सघाउछौं’, नेपालीले भने, ‘जनताको भावनाविपरित काम गर्नेलाई कारबाही गर्छौ ।’ तर नेपालीले कस्तो कारबाही भन्ने चाहिँ खुलाएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टी नीति बन्दै गरेकाले तत्काल के गर्ने भन्नेमा निर्णय भइनसकेको भन्दै सो समूहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com