उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार (कटारी) मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् ।
गाउँका केटी जम्मा पारिन् । उदयपुर, भोर्लेस्थित सरस्वती माविको मैदानमा नियमित अभ्यास चल्न थाल्यो । त्यस बेला १४ वर्षकी हिराकुमारी भुजेल आफै साथीहरुलाई खेल्न सिकाउँथिन् ।
‘छोरी मान्छे पनि फुटबल खेल्ने ? लाज हुँदैन् ?’ धेरैले उनालई भन्थ्ये । ‘भागेर, लुकेर भएर पनि केटाहरुसँगै खेलिरहेँ,’ उनले सुनाइन् । हिराले भोर्लेमा २०-२२ जना केटी तयार पारे पनि बल थिएन् । ‘स्कुलमा ब्लाडर फुटेको बलको छाला थियो । ३५ रुपैयाँ जम्मा पारेर ब्लाडर किन्याैँ र बल तयार पारेर खेल्न थाल्याैँ,’ उनले सम्झिइन् । यो समाचार राजु घिसिङले कान्तिपुरमा लेखेका छन्
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।