इथियोपियन विमान दुर्घटना : मृतकका परिवारलाई अन्तिम संस्कारका लागि एक–एक किलो डढेको माटो दिइने


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

गत आईतबार इथियोपियामा विमान दुर्घटनामा मारिएका व्यक्तिका आफन्तलाई दुर्घटनास्थलको माटो दीने भएको छ । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा मारिएका १५७ जनाका आफन्तलाई अन्तिम संस्कारका लागि दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएको डढेको माटो दीने भएको हो ।

राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको सो विमान उडेको केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो । सो विमानको इन्जिनमा प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् । विमान दुर्घटनामा नेपाललगायत ३५ देशका नागरिक मारिएका थिए । सो दुर्घटनापछि बोइङ ७३७ म्याक्स मोडलका विमान उड्न संसारभर प्रतिबन्ध लगाइेको छ ।

यसअघि गत अक्टोबरमा लायन एयरलाइन्सको सोही मोडलको विमान इन्डोनेसियाको जाभा प्रान्तमा खस्दा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनाग्रस्त विमानमा एउटै प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताएका छन् ।

आफन्तलाई किन दीयो माटो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शारीरिक अवशेषको परीक्षण गरेर विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न ६ महिनासम्म लाग्ने भएकाले उनीहरूका आफन्तजनलाई माटो दीने निर्णय भएको रोयटर्सले जनाएको छ ।

विमान दुर्घटनामा सम्पूर्ण यात्रुहरूको शव जलेर नष्ट भएको बताइेको छ । ‘शव पहिचान र अवशेष परिवारलाई बुझाउन असम्भव भएकाले माटो दीएको हो, ‘एक अधिकारीको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ । तर, आफ्ना प्रियजनको अंग प्राप्त नभएसम्म आफूहरूले शान्तिको सास फेर्न नसक्ने पीडतहरूले बताएको समाचार विवरणमा जनाइेको छ ।

‘हामीलाई आफ्ना प्रियजनको शव वा अंश नदीएसम्म हामी आराम गर्दैनौँ,’ पीडितका एक आफन्तले भने । पीडितका आफन्तलाई दुर्घटनाग्रस्त क्षेत्रको डढेको एक–एक किलो माटो राखिएको झोला दिन सुरु गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com