वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवह बढेको हो ।
चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवह ५१५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो विप्रषण पुसको तुलनामा ७७ अर्ब १९ करोड रुपैयाँले धेरै हो । चालू्र आर्थिक वर्षको पुससम्ममा ४४३ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण आएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनाको विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा १ खर्ब १४ अर्ब २० करोड रुपैयाँ अर्थात २८. ५ प्रतिशतले बढेको हो । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।