‘जापान फर्केर विश्वलाइ पढाइरहेको छु’


प्रकाशित मिति : चैत्र २, २०७५ शनिबार

समाचारको शीर्षक पढ्दैमा तपाई हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउन योग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् ।

यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपाललाई विश्वमै चिनाउन सफल हुन्छन् । यस्ता प्रतिभा कति होलान् कति यो देशमा । तीमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ ललितपुरका प्रा.डा. केशवलाल महर्जन ।

२०३२ सालमा नेपाल सरकारकै छात्रवृत्ति कोटामा जापान पुग्नुभएका उहाँ भन्नुहुन्छ– ‘२०४६ सालमा सरकारी जागिर खान नेपाल आएको थिएँ । अधिकांशले जापान पढेपछि नेपालमा जागिर खान मुस्किल पर्छ उतै फर्क भने । जापानै फर्केर विश्वभरका विद्यार्थीलाई पढाइरहेको छु । प्रोत्साहन गर्नुको साटो हतोत्साहित बनाइन्छ यहाँ ।’

हुन पनि सन् १९९० देखि नै जापानको रहेको पाँचौं ठूलो सरकारी विश्वविद्यालय हिरोसिमामा कृषि र ग्रामीण विकास, दक्षिण एसियाली अध्ययन, ग्रामीण अर्थशास्त्र, अन्तर्राष्ट्रिय विकास र साझेदारी अध्ययन, सांस्कृतिक विविधता, जलवायु परिवर्तन, ग्रामीण भेगको जीविकोपार्जन रणनीतिलगायतका विषयमा स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीलाई पढाउँदै आउनुभएका प्राडा महर्जनले अहिले प्राध्यापनलगायत अन्य ठूलै जिम्मेवारी पाउनुभएको छ । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com