व्यावसायिक घरानाका कान्छाे पुस्ताहरू


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

वैद्य, गोल्छा, गोल्यान, काबरा, जैन नेपालमा वर्षौँदेखि स्थापित व्यावसायिक घराना हुन् । यी घरानाका पछिल्ला पुस्ता पनि व्यवसायमै रमाउँदै छन् । उच्च शिक्षा लिन विदेश पुगेकासमेत अध्ययन सकाएर स्वदेशमै केही गर्ने जोस र आत्मविश्वासका साथ फर्किएका छन् । अनि विदेशमा सिकेको सैद्धान्तिक र व्यावहारिक ज्ञान स्वदेशमा सदुपयोग गर्दै छन् । सभाना वैद्यदेखि अक्षय गोल्यान र आरजु बस्नेतसम्म व्यावसायिक घरानामा जन्मिएर व्यवसायमै समर्पित भएका केही उदाहरण हुन् । ठूला व्यावसायिक घरानाका पढेलेखेका तन्नेरीहरू :

सभाना वैद्य
– वैद्य अर्गनाइजेसन
वैद्य अर्गनाइजेसन टोयोटा गाडी, चिया, कृषिलगायत व्यापारमा छ । सुरज वैद्य सिमेन्ट उद्योग खोल्न कस्सिएर लागेका छन् । तर, छोरी सभानालाई परिवारले गरिरहेकोभन्दा फरक व्यवसायमा जोखिम मोल्ने रहर छ । झन्डै एक दशक अमेरिकामा बस्दा पाँच वर्षजति होटेल र रियल स्टेट कम्पनीमा काम गरिन् ।

त्यसैले हस्पिटालिटीमै छुट्टै पहिचान बनाउने उनको योजना छ । पहिलो होटेल पोखराको वेगनासमा निर्माण गर्ने योजना छ । अहिले विभिन्न देश पुगेर होटेल र रिसोर्टबारे अध्ययन गरिरहेकी छिन् । ‘मैले बनाउने होटेल स्पेसल हुनुपर्छ, पुरानै ढर्राका होटेल खोल्दिनँ,’ सभाना भन्छिन्, ‘युनिक होटेल खोलेर नेपालको हस्पिटालिटी बिजनेसमै नयाँपन दिने सोच छ ।’ हाल उनी आमा रितुले खोलेको स्पा प्राणाको व्यवस्थापन हेर्छिन् ।

आरजु र आस्था बस्नेत
– बुद्ध एयर प्रालि
वीरेन्द्रबहादुर बस्नेतको अवकाशपछि बुद्ध एयरको व्यवस्थापन आरजु र आस्थाको काँधमा आउने निश्चित छ । अहिले यी दिदीबहिनी व्यवसायमा एक हदसम्म सिकाइकै क्रममा छन् । सानैदेखिको सोखका कारण आरजु बुटिकतिर केन्द्रित छिन् । त्यसो त आस्था पनि सुरुमा बुटिकमै थिइन् । तर, दिदीलाई बुटिक सुम्पिएर उनी बुबालाई साथ दिँदै २०१७ जनवरीदेखि विमान कम्पनीमै लागिन् । बुद्ध एयरको बनारस उडानमा आस्थाको भूमिका अग्रणी छ । उनले बनारस पुगेर बजार अध्ययन गरिन्, मार्के्टिङ गरिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘अहिले बुद्धको बनारस उडान राम्रो भइरहेको छ,’ उनी सुनाउँछिन्, ‘बुद्धले छिट्टै कोलकाता उडान भर्दै छ ।’ उनी यसकै तयारीमा छिन् । पोखरा विमानस्थल बनेपछि अन्तर्रा्ष्ट्रिय उडान सुरु गर्ने तयारी पनि छ । अन्तर्रा्ष्ट्रिय उडानको जिम्मेवारी सम्हाल्न सक्ने गरी आस्थाले आफूलाई दक्ष बनाउँदै छिन् । आस्थाकै अगुवाइमा बुद्धको अनलाइन प्रणालीमा व्यापक सुधार भइरहेको छ । बुद्ध एयरको अफिस वल्र्डक्लास बनाउने अठोट छ । उनको टिमले अनलाइन प्रणालीमा काम गरिरहेको छ । याे रिपाेर्ट नवीन अर्यालले नयाँ पत्रिकामा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com