नेविसंघभित्र विवाद: पौडेल पक्षले समानान्तर समिति बनाउने


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ यतिखेर केन्द्रीय समितिविहीन अवस्थामा छ । पटक पटक म्याद थप गर्दा समेत महाधिवेशन गर्न नसकेर देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महरले गत महिना राजीनामा दिएपछि नेविसंघ झगडा प्रकरण पार्टी शीर्ष तहमा पुगेको हो । अब बन्ने तदर्थ समिति कस्तो र कसको पक्षकोे बनाउने भन्ने विवादले पार्टी अनिर्णयको बन्दी बनेको छ ।

नेविसंघको नेतृत्वमा कसको पक्ष ल्याउने भन्नेबारेमा शीर्ष नेताबीच मतभिन्नता रहेका कारण पार्टीले तदर्थ समिति बनाउन सकेको छैन । मातृ पार्टीमा जस्तै नेविसंघभित्र पनि गुटउपगुट रहेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै कांग्रेसभित्र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षबीच गुट रहेको छ । साथै पार्टीका प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।

सभापति देउवालाई नेविसंघको नेतृत्वमा आफ्नो पक्ष ल्याउनुपर्ने भन्दै पौडेल र सिटौला पक्षका नेताहरुले दबाब दिइरहेका छन् । तर देउवा पक्ष यसमा मान्न तयार छैन । सभापति देउवा पक्षले पेलेर जान खोजे पौडेल पक्षले समानान्तर समिति घोषणा गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

पार्टीमा देउवाले बहुमतले विधानदेखि अन्य अनुशासन समिति, निर्वाचन समितिमा पेलेर जान खोजे पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने र समानान्तर समिति बनाएर चुनौती दिने पक्षमा देउवाइतर पक्ष रहेको छ । यसबाट सभापति देउवा पक्ष झस्किएको छ । केही दिन अगाडि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसी सो निर्णय गरेको हो । नेपाल समाचारपत्र दैनिकमा याे खबर छापिएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com