सिके प्रकरणमा सभापति देउवाको प्रतिक्रिया अपरिपक्क : बरिष्ठ नेता रामचन्द्र पौडेल


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले सिके राउतसंगको सहमतीपत्र नै नपढी अपरिपक्क प्रतिक्रिया सार्वजानीक गरेको टिप्पणी गर्नुभएको छ ।
प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सभापतिले हचुवा र हतारमा प्रतिक्रीया आएको बताउनु भयो ।

सरकार र स्वतन्त्र मधेस समुह बिच भएको सहमती लगत्तै कांग्रेस सभापति देउवा र प्रवक्ता बिश्व प्रकास शर्माले सहमतीलाई सकारात्मक भन्दै प्रतिक्रिया ब्यक्त गरेका थिए । तर त्यसको भोलि पल्ट देखि नै अन्य कांग्रेस नेताहरुले सहमतीको बिरोध गर्दै आएका छन् ।

उहांले राउतसंगको सहमतीले सरकारले राष्ट्रिय अखण्डता माथी नै प्रहार गरेका बताउंदै सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको आरोप लगाउनु भयो । नेपालमा पृथकताबादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीबाट दुश्प्रचार भईरहेको पौडेलको भनाई छ ।

सरकारका काम कारवाहीको विषयमा धारणा राख्दै नेता पौडेलले वाइडवडी काण्डमा तत्कालिन पर्यटन मन्त्री राविन्द्र अधिकारी निर्दाेश रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचार भएको टीप्पणी गर्नुभयो ।
उहांले देशमा भष्ट्राचार मैलाउदै गएको भन्दै सूनकाण्ड देखि लिएर चिनी काण्ड सम्म सरकार असफल भएको अरोप लगाउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com