विष्णु रिमाल र भीम रावलको ट्वीट जुहारी !


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

नेपाल सरकार र सिके राउतबीचको सहमति घोषणा भएलगत्तै नेकपा नेता भीम रावलले ट्वीट गरे, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्य्राउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्य्राउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं । ’

उनले केही सञ्चारमाध्यमबाट पनि सहमतिमाथि प्रश्न गर्दै सहमतिले देश विखण्डनको मुद्धालाई प्रोत्साहन दिएको आरोप लगाए । हिजो उनले श्रृंखलाबद्ध रुपमा ट्वीट गरेर आफ्नो देशभक्तिबारे प्रस्टिकरण दिए ।

जवाफमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सोमबार बिहानै कविताको लयमा ट्वीट गरे –

‘नेताहरू(झुक्किए, फसे वा फसाईए 
या तिनिहरूले गल्ति नै गरे 
पनि कोईवात छैन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामी धन्य छौं मुलुक जोगाउने 
एक से एक उहॉहरू हुनुहुन्छ। 
आङ् सिरिङ्ग हुन्छ र, 
साह्रै आश्चर्य लागि रहेको छ, 
उहॉहरूको जन्म अघि यो मुलुक कसरी जोगिए छ रु’

यस्तै, आफूलाई र रिमाललाई मेन्सन गरिएको एक ट्वीटमा जवाफ दिँदै रावलले लेखे, ‘दलालहरूको आँखामा दलालै संसार ! देश टुक्य्राउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौँ, नेपालको तराईलाई विभाजन गर्ने षडयन्त्रबाट सचेत हौं भन्ने दलाल हुने, देश विभाजनको षडयन्त्र गर्नेलाई बोक्ने र प्रसंशा गर्ने खाँटि इमान्दार ! कुतर्कको पराकाष्टा ! ’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com