सिके राउत समुहले जनकपुरमा गरेको प्रद्धर्शन अन्तिम बिदाई : गृहमन्त्री थापा


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

गृहमन्त्री रामबहादुर थापा (बादल) ले सुरक्षा समिती बैठकले देशको शान्ती सुरक्षाको विषयमा केही निश्कर्ष निकालेको बताउनु भएको छ ।

भैरहवामा भएको प्रदेश नं ५ स्तरीय तिन दिने सुरक्षा समिती बैठको दोस्रो दिन गृहमन्त्री थापाले पछिल्लो १ वर्षमा देशको शान्ती सुरक्षाको निम्ती आवस्यक सम्झौताहरु अन्तराष्ट्रिय स्तरमा भएको र देशको बिकास निर्माणको निम्ती अन्तराष्ट्रिय सम्बन्ध सुमधुर भएको बताउनु भएको हो ।

थापाले राज्य संचलानमा शान्ती सुरक्षामा मुख्यत राज्य बिरोधी संबिधान बिरोधी तत्वहरु बाट शान्ती सुरक्षा र प्रगतीको निम्ती चुनौती रहेको र त्यस्ता तत्वहरुलाई सरकारले नियन्त्रण र निष्तेज गर्ने प्रक्रिया आघि बढाएको जानकारी दिनु भयो ।

यसैगरी अर्को चुनौतिको रुपमा देशलाई बिखण्डन गर्ने तत्वहरु स्वतन्त्रता, स्वाधीनता र स्वराजको नारा दिएर केही तत्वहरु सक्रिय रहेको र त्यस्ता बिखण्डनकारी तत्वलाई मुलधारमा ल्याउन सफल भएको बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थापाले देशको शान्ती सुरक्षा र अखन्डतालाई रक्षा गर्नमा सरकार सफल भएको जानकारी समेत दिनु भयो । त्यसैगरी शान्ती सुरक्षाको निम्ती खतरा असामाजिक अपराधीक तत्वहरु बाट हुदै आएको र यस्ता असामाजिक अपराधिक तत्वहरुलाई नियन्त्रण र निष्तेज पार्न सरकारले महत्वपुर्ण कदम उठाएको र आउने दिनमा यस्ता तत्वहरुलाई निष्तेज पार्न ठोस कदम उठाउने जानकारी गृहमन्त्री थापाले दिनु भयो ।

थापाले देशको शान्ती सुरक्षा र प्रगतीमा प्राकृतिक प्रकोप पनि चुनौती रहदै आएको र सरकारले यसखालका चुनौती प्राकृतिक प्रकोप बाट हुने क्षती असुरक्षा हरुलाइ बढी भन्दा बढी न्युनिकरण गर्न गोष्ठी बाट निष्कने निष्कर्षले महत्वपुर्ण भुमिका खेल्ने कुरामा विश्वास्त रहेको बताउनु भयो ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले पछिल्लो समय सरकार सँग सहमतीमा आएको सिके राउतको बिषयमा बोल्दै राउतको समुह स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा गरेको प्रद्धर्शनलाई गठबन्धनले आना नारा उद्धेश्यहरुलाई अन्तिम बिदाई दिन गठबन्धनले व्यक्त गरेको बताउनुभयो ।

स्वतन्त्र मधेस गठबन्धन सँग सरकारले देशको अखण्डताको रक्षा गर्न प्रतिबद्ध छौ यो हाम्रो कर्तव्य रहेको र स्वतन्त्र मधेसको लक्ष्य र निती परित्याग गरेको भनी सम्झौता गरेको थापाले जानकारी दिनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com