पूर्व उपप्रधानमन्त्रि र पर्यटनमन्त्री लगायतकाे सम्झनामा नेकपाकाे शाेकसभा


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीलगायत अन्य ६ जना प्रति संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

काठमाडौंस्थित भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जली सभामा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गरेका थिए ।

दिवंगत पूर्व प्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा आयोजित श्रदाञ्जली सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन ।’

प्रधानमन्त्री ओलीले पूर्वौपप्रधान तथा अर्थ मन्त्रीसमेत रहेका दिवंगत नेता भरतमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलन के हो ? भन्ने बुझेका र कामबाट चिनिएका नेताका रुपमा चित्रण गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब तीन महिनादेखि बिरामी भएका पूर्व अर्थमन्त्री अधिकारीको गत शनिबार ८२ वर्षको उमेर निधन भएको थियो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com