नेपालका प्रितमको गायनमा फिदा भए बलिउड नायकहरु , यसरी गरे प्रशंसा


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

आजभोली प्राय भारतीय शोहरुमा नेपालीहरु हुन्छन् हुन्छन् । यसैबीच जिटिभीबाट प्रसारण हुँदै आएको सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले चर्चा कमाईरहेका छन् । पछिल्लो समय नेपाली युवायुवतीहरुले गायन तथा नृत्य क्षेत्रमा अन्तराष्ट्रिय मञ्च खोज्ने क्रम बढ्दो छ । पछिल्ला केही बर्ष यता भारतीय चर्चित रियालिटी शोहरुमा नेपालीहरुको उपस्थिती निकै हुने गरेको छ । एकातिर शोको चर्चा हुने र अर्काेतिर टिआरपी (टेलिभिजन रेटिङ प्वोईन्ट) पनि बढ्ने भएपछि ती शोहरुमा नेपालीलाई सकेसम्म राख्नै पर्ने नीति बनाउदै आएका छन् । प्रितमले गाएको सो गीत बोर्डर फिल्ममा समेत अभिनय गरेका सुनिल शेट्टीले सेयर नगरी बस्न सकेनन् । उनले सानो शब्दमा भए पनि प्रितमको प्रशंसा गरेका छन् । सुनिल बलिउडका चर्चित नायक हुन । सामाजिक सञ्जालमा उनको लाखौँ फ्यानहरु रहेका छन् । यस्तोमा उनले प्रितमको बारेमा लेखेका शब्द र गाएको भिडियो सेयर गर्नुले प्रितमका लागि पनि ठुलो अर्थ राख्न सक्छ । यता प्रितमको गायिकीबाट नै प्रभावित भएका अर्का नायक अर्जुन कपुरले समेत सो भिडियो सेयर गरेका छन् । यसैगरी कमेडी फिल्ममा नेपाली दर्शकहरुले समेत रुचाएका नायक रितेष देशमुखले समेत प्रितमको प्रशंसामा शब्द खर्चिएका छन् ।

भारतीय शोहरुमा नेपालीहरुले देखाएको चमत्कारी प्रर्दशनपछि आजभोली भारतीय टिभी च्यानल नै नेपालीहरु बिना शो नै अधुरो हुने मान्यता राख्ने गर्छ । इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले आफनो दमदार प्रस्तुतीको कारण पनि नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जितिरहेका छन् । यी दुबैले शोमा उत्कृष्ट प्रस्तुती दिईरहेका छन् । तर प्रितमले मेघा अडिसनमा दिएको प्रस्तुतीको चर्चा भने यतिबेला बलिउडमा पनि हुन थालेको छ । मेघा अडिसनमा उनले ‘बोर्डर’ फिल्म “सन्देशा आते है” गीत गाएका थिए । जुन गीत गाउदा जज तथा जुरी मेम्बरहरु समेत रोएका थिए । देशभक्ती भावले भरिएको उक्त गीत यसरी गाएका थिए की यसको प्रशंसा बलिउडका चर्चित कलाकारहरुले पनि नगरी बस्न सकेनन् ।

उनले प्रितमलाई लाईभ सुन्दा पाउदा खुसी व्यक्त गरेका छन् । मेघा अडिसनपछि शोमा टोटल धमालको प्रमोसनको समय जाँदा प्रितमलाई लाईभ सुनिसकेका छन् । त्यसैले पनि उनले प्रितमको प्रशंसा गरेका हुन् । यता सोनु निगमले पनि प्रितमको प्रशंसा गरेका छन् । शोमा प्रितमले गाईसकेपछि सोनुले प्रितमका लागि प्रशंसासहित शब्द खर्चिएको भिडियो देखाईएको थियो । त्यस बाहेक उनले यसअघि पनि सामाजिक सञ्जालमा प्रितमको बारेमा प्रशंसा गरेका थिए । यसरी भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । प्राय नेपाली ढाका टोपीका साथ पर्दामा देखिने गरेका प्रितमलाई देखेर गर्व नगर्ने नेपालीहरु कमै होलान् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com