बलात्कृत बुहारीले न्याय पाएपछि खुसी हुँदै मिडियामा संसारकै महान सासु (भिडियो)


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

सोह्र महिना पहिले ललितपुरको गौदामचौरमा भएको सामुहिक बलात्कार र हत्या प्रयाससम्बन्धी घट्नाबाट पीडित बनेकी विवाहित महिलाको सासुले न्यायको अनुभूति पाएको बताएकी छिन् । आरोपीहरु विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरलाई जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै सामुहिक बलात्कारको अपराधमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय तोकेसंगै पिडित परिवारले राहतको महशुश गरेको छ ।

अदालतको फैसलाले थोरै राहत दिएतापनि पीडितको व्यवहारिक जीवन भने तहसनहस भइसकेको छ । अपराधको शीकार हुनुभन्दा पहिलेको घर समेत उपचारमा लागेको १२ लाखभन्दा बढी ऋणले आत्तिएर बेचेको पिडितको सासुले बताइन। त्यो घटनाले जीवनमा पहिलो पटक डेरावाल भएर बस्नुपरेको उनले बताइन । उनी भन्छिन, ‘हामी परिवारका लागि बुहारीको स्वास्थ्य नै महत्वपूर्ण छ ।’

२ मंसिर २०७४ मा माइतबाट घर र्फकदै गर्दा अपराधको शीकार बनेकी महिला भोलिपल्ट विहान तोरीबारीमा बेहोस अवस्थामा फेला परेकी थिइन् । बलात्कारी समूहको ढुंगा प्रहारबाट उनको टाउको र हात छियाछिया बनेका थिए । सघन उपचार कक्षमा एक हप्ता उपचार गरेपछि होस खुलेकी उनी महिना दिनपछि दोहोरो कुरा गर्न सक्ने भएकी थिइन । उनको आँखा, कान र हातको घाउ अझै निको भइसकेको छैन । हातको अप्रेसन फेरि गर्नुपर्ने भएको छ । परिवारलाई मासिक उपचार खर्च जुटाउन समेत धौधौ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेर्नुहोस भिडियो :

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com