अमेरिकी डलरसहित दुई महिला पक्राउ


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध रूपमा लैजान लागिएको अमेरिकी डलरसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारकी सरला खड्का र रिंकु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।  अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार बिहान साढे १० बजे विमानस्थल परिसरबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ६९ हजार ५ सय ५० अमेरिकी डलर बरामद गरेको छ । उनीहरूले उक्त रकम सुटकेसमा लुकाई नेपाल एयरलाइन्सबाट बैंकक लैजान खोजेका थिए ।

कार्यालयका एसएसपी सन्दीप भण्डारीले एक्सरे मेसिनबाट जाँच गर्ने क्रममा उनीहरूले लैजान खोजेको रकम बरामद भएको बताए । उनले भने, ‘नेपालको कानुनले पाँच हजार अमेरिकी डलर भन्दा धेरै रकम लिएर विदेश जान दिँदैन । तर, उनीहरू दुई जनाले झन्डै ७० हजार अमेरिकी डलर लैजान लागेको देखियो । यो कानुनविपरीत हो । त्यसो हुँदा उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार गुरुङ पटक–पटक विदेश जाने आउने गरेको देखिन्छ । पटक–पटक विदेश जानुको कारण भने खुलेको छैन । एसएसपी भण्डारीले भने,‘ गुरुङ पटक–पटक विदेश जाने आउने गरेको देखिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किन यस्तो भइरहेको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान गर्न बरामद रकमसहित खड्का र गुरुङलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com