मन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (भिडियो सहित)


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा निधन भएको छ । तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री अधिकारी आउनु भएको थियो । चुहानडाँडामा बुधबार बिहान ९:५३ मा मन्त्री पुग्नु भएको थियोे ।

चुहानडाँडामा स्थानीयले मन्त्री हेलिकप्टरबाट निस्ने बितिकै फुलमालाले स्वागत गरेका थिए । हँसिलो मुहारमा पहिलोपटक चुहानडाँडामा मन्त्री आउँदा आठराई बासिको २०३२ सालदेखिको सपना पुराहुने स्थानीयवासीको अासा लिएका थिए । कार्यक्रमको स्टेजमा प्रवेश गर्दै मन्त्री अधिकारीले मौसम अनुकुल नभएकाले कार्यक्रम छिटो गर्ने आयोजकलाई निर्देशन दिनुभएको थियो ।

मन्त्रीले १०:३७ बजेदेखि करिब साढे १० मिनेट सम्बोधन गर्नु भएको थियोे । सम्बोधनमा मन्त्रीले चुहानडाँडामा एयरपोर्टको सन्दर्भ चलाउन होइन, एयरपोर्ट बनाउन आएको बताउदै अबको ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे । हातमा एयरपोर्टको इस्टमेट र नक्सा देखाउदै मन्त्रीले ८७ करोड लागतमा एयरपोर्ट बन्ने उल्लेख गर्नु भएको थियोे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चुहानडाँडाको कार्यक्रम बाट करिव १२:१५ मा मन्त्री फर्कनु भएको मन्त्री, आठराई ईवा स्थित प्रधानमन्त्री केपि अोलीको जन्म घर हेर्दै काठमाडौ फर्कने कार्यक्रम रहेको थियो ।

चुहानडाँडामा मन्त्रीले छोटो समय पाथीभरा देवि प्रसंग निकालेका थिए । पाथीभरा पहिले नै गाडिबाट पुगेको मन्त्री अधिकारीले बताउनुभएको थियोे ।
ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ७ जना सवार रहेको पुष्टि भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सवार हेलिकाेप्टर आज ताप्लेजुङकाे पाथिभरा नजिकै दुर्घटनामा परेको विमानस्थल कार्यालयकाे एयर कन्ट्राेलरले जनाएकाे हाे।

हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com