‘माउण्ट एभरेष्ट वे’ घोषणा गर्न अधिकारीको अध्यक्षतामा मुल समन्वय समिति गठन


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

माउण्ट एभरेष्ट वे घोषणा कार्यक्रम सम्पन्न गर्नका लागि अध्यक्ष रामहरी अधिकारीको संयोजकत्वमा मुल समन्व्य समिति बनाइएको छ । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्व्य परिषद्, अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष अधिकारीको संयोजकत्वमा २५ सदस्यीय समन्वय समिति बनाइएको छ भने अन्य चार बिभिन्न उपसमिति समेत बनाइएको जनाइएको छ ।

समितिको सदस्यहरुमा राजकुमार विष्ट, अनिलराज पाण्डे, टेकबहादुर गुरुङ, नविन शेरचन, उर्गेन शेर्पा, रविकिरण कोइराला, टिका ढकाल, बन्दना कोइराला, दिवाकर पाण्डे, चन्द्र जिसी, मोहन ज्ञवाली, लुइसाङ वाइबा, निमा शेर्पा, यादव बास्तोला, लिला राई, मोहन वाइबा, अनन्त सुवेदी, क्षेपाक दोर्जे गुरुङ, अनिल अधिकारी, आङ छिरिङ शेर्पा, सुमन बुढामगर, सतेन्द्र शाह, अमित शाह, पासाङ निमा शेर्पा रहेको जनाईको छ ।

यस्तै राजकुमार विष्टको संयोजकत्वमा सांस्कृतिक तथा झाँकी कार्यक्रम समिति, लिला राईको संयोजकत्वमा अर्थिक व्यवस्थापन समिति, नविन शेरचनको संयोजकत्वमा नेपाली परिकार स्टल व्यवस्थापन समिति र अमित शाहको संयोजकत्वमा स्टेज व्यवस्थापन समिति बनाइएको मुल समिति संयोजक अधिकारीले जानकारी दिएका छन् ।

साथै अधिकारीले आवश्यकता अनुसार मुल समितिको मिटिङबाट अन्य उपसमितिहरु समेत बनाइने र बनाइएका बिभिन्न उपसमितिका सदस्यहरु सम्वन्धीत समितिका संयोजकले जानकारी गराउने बताएका छन् । समन्व्य समिति संयोजक अधिकारीले न्यूयोर्क तथा आसपासका क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरुलाई माउण्ट एभरेष्ट वे घोषणा कार्यक्रममा सहभागि हुन अनुरोध गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोभेम्वर ११, २०१८ मा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्व्य परिषद्, अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीको संयोजकत्वमा न्यूयोर्कस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधि, सामाजिक अभियान्ता तथा समुदायका नेताहरुको उपस्थिति रहेको बैठकले गरेको निर्णय अनुरुप सिटी काउन्सिले न्यूयोर्क ज्याक्शन हाईटको ७५ स्ट्रिटलाई मिति डिसेम्बर १९, २०१८ मा माउण्ट एभरेष्ट वे नामाकरण गर्ने निर्णय गरेको थियो ।

न्यूयोर्क सिटी काउन्सिल र न्यूयोर्कस्थित नेपाल सरकारको बाणिज्य दुतावास कार्यलयको संयुक्त आयोजना आउदो मार्च ९ तारिख शनिवारका दिन न्यूयोर्क ज्याक्शन हाईटको ७५ स्ट्रिट, माउण्ट एभरेष्ट वे घोषणा हुँदैछ ।

मुल समन्व्य समिति संयोजक रामहरी अधिकारीले जारी गरेको बिज्ञप्ती

माउण्ट एभरेष्ट वे घोषणा कार्यक्रममा सहभागी भई दिनु हार्दिकअनुरोध ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्यूयोर्क च्याप्टरले समुदायको हितमा बिगत देखि नै काम गर्दै आएको यहाँहरु सबैमा सर्वविदितै छ । एनआरएनएको उद्देश्य केन्द्रित रहेर न्यूयोर्क च्याप्टरले भोलिका दिनमा समेत यसै गरी काम गर्नेछ।

मिति नोभेम्वर ११, २०१८ मा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष म रामहरी अधिकारीको संयोजकत्वमा न्यूयोर्कस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा समुदायका नेताहरुको उपस्थिति रहेको बैठकले गरेको निर्णय अनुरुप सिटी काउन्सिलले न्यूयोर्क ज्याक्शन हाईटको ७५ स्ट्रिट र ३१ एभिन्यु लाई मिति डिसेम्बर १९, २०१८ मा माउण्ट एभरेष्ट वे नामकरण गर्ने निर्णय गरेको यहाँहरुलाई अवगत नै छ ।

यो एतिहासिक उपलब्धी नेपाल र नेपालीको गौरवको बिषय हो । माउण्ट एभरेष्ट वे घोषणा हुने दिनको तपाई हामी ब्यग्र प्रतीक्षामा छौं । न्यूयोर्क सिटी काउन्सिल र न्यूयोर्कस्थित नेपाल सरकारको महाबाणिज्य दूतावास कार्यलयको संयुक्त आयोजना तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्व्य परिषद् अमेरिका, न्यूयोर्क च्याप्टरको संयोजनमा मार्च ९ तारिखका दिन माउण्ट एभरेष्ट वे घोषणा कार्यक्रम रहेकाले अमेरिकावासी सम्पूर्ण नेपाली समुदायमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । साथै फेब्रुवरी २२ तारिख शुक्रबारका दिन महाबाणिज्य दूतावास कार्यालयको आव्हानमा भएको सार्वजनिक छलफल अनुसार माउण्ट एभरेष्ट वे घोषणा कार्यक्रम सम्पन्न गर्नका लागि निम्नानुसार समिति बनाईएको जानकारी गराउँदछु।

मूल समन्वय समिति
संयोजक : रामहरी अधिकारी
सदस्य : राजकुमार विष्ट
सदस्य : अनिल राज पाण्डे
सदस्य : टेक ब गुरुङ
सदस्य : नविन शेरचन
सदस्य : उर्गेन शेर्पा
सदस्य : रविकिरण कोइराला
सदस्य : टिका ढकाल
सदस्य : बन्दना कोइराला
सदस्य : दिवाकर पाण्डे
सदस्य : चन्द्र जी सी
सदस्य : मोहन ज्ञावाली
सदस्य : लुइसांग वाईबा
सदस्य : निमा शेर्पा
सदस्य : यादब बास्तोला
सदस्य : लिला राई
सदस्य : मोहन वाइबा
सदस्य : अनन्त सुबेदी
सदस्य : क्षेपाक दोर्जे गुरुङ
सदस्य : अनिल अधिकारी
सदस्य : आङ्ग छिरिङ्ग शेर्पा
सदस्य : सुमन बुढा मगर
सदस्य : सतेन्द्र शाह
सदस्य : अमित शाह
सदस्य : पासांग निमा शेर्पा

१. सांस्कृतिक तथा झाँकी कार्यक्रम समिति
संयोजक : राजकुमार विष्ट

२. आर्थिक व्यवस्थापन समिति
संयोजक : लिला राई

३. नेपाली परिकार स्टल व्यवस्थापन समिति
संयोजक : नविन शेरचन

४. स्टेज व्यवस्थापन समिति
संयोजक : अमित शाह

नोटस् आवश्यकता अनुसार मूल समितिको मिटिंगवाट अन्य उपसमितिहरु बनाईने छ, र बिभिन्न समितिहरुमा रहनुभएका सदस्यहरुको नाम सम्बन्धित समितिको संयोजकले जानकारी गराउनुहुने छ।

रामहरी अधिकारी
अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्यूयोर्क च्याप्टर
संयोजक, “माउण्ट एभरेष्ट वे” घोषणा समारोह समिति

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com