मनोरञ्जन क्षेत्रका श्रमिक महिलाले भोगेका पिडा


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए ।  छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो ।

अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उहाँले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि हुनुभयो ।

कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय नभएपछि साथीको घरमा छोरी जिम्मा लगाएर काममा जान थाल्नुभकी उहाँले भन्नुभयो, “हाम्रो कामकै कारण हाम्रो सन्तान समेत सुरक्षित छैनन् भने राज्यले हामीलाई सुरक्षा दिने कहिले” आफू मनोरञ्जन क्षेत्रको श्रमिक भएकै कारण आफ्ना छोरीसमेत सम्मानित नभएको उहाँको गुनासो थियो ।

नयाँ व्यक्तिले रोधी चलाउने भनेर उहाँलगायत अन्य साथीलाई केही समयपछि पुनःबोलाउने बहानामा तीन महीनाको पारिश्रमिक समेत नदिइ पठाइयो । केही समयपछि रोधीका लगानीकर्ताले उहाँलाई उसैसँग बस्न भनी बोलायो तर उसको नियत ठिक नभएकाले थापाले इन्कार गर्नुभयो । त्यो घटनाले उहाँलाई न त काममा बोलाइयो न त काम गरेबापतको पारिश्रमिक नै दिइयो । काममा बोलाउला भन्ने आशैआशमा थापाले अन्य ठाउँबाट आएको कामको प्रस्ताव समेत मान्नुभएको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले श्रम विभागमा आफूले काम गरेको पारिश्रमिक पाउन भनी मुद्दा समेत दायर गरेपनि अहिलेसम्म पारिश्रमिक अझै पाउन सक्नुभएको छैन । “कि त हामीलाई कामको सुनिश्चितता चाहियो, होइन भने हाम्रो पारिश्रमिक समयमा नै दिनुप¥यो”, थापाको आक्रोस थियो । हाल उहाँ काठमाडौँकै एक रोधीमा काम गर्नुहुन्छ ।

त्यसैगरी पोखराको एक स्पामा काम गर्दै आउनुभएकी २४ वर्षीय शर्मिला श्रेष्ठ आफूले यस क्षेत्रमा काम गर्दै जाँदा आफूमाथि धेरै नै शोषण भएको बताउनुभयो । एकातिर परिवारको आर्थिक समस्या अर्काे मासिक रु आठ हजार पारिश्रमिक मात्र । त्यसमाथि भनेको समयमा तलब नपाइने । अर्काे समस्या त समाजले आफूमाथि हेर्ने दृष्टिकोण पनि नराम्रो । स्पामा काम गर्ने केटी भन्नेवित्तिकै सबैले चरित्रहीन जस्तै व्यवहार गर्ने गरेको उहाँको गुनासो थियो ।

श्रेष्ठले प्रश्न गर्नुभयो, “हामीलाई पनि अन्य क्षेत्रमा काम गर्ने मानिस सरहको सम्मानजनक व्यवहार कहिले गरिन्छ।” चाहेर पनि आफू यस दलदलबाट निस्कन नसकेको उहाँको भनाइ थियो । विशेषगरी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक शोषण त छ नै अर्काेतिर उनीहरू यौन शोषणका शिकार पनि बनिरहेका छन् ।

बुटवलको एक रोधी घरमा काम गर्दै आउनुभएकी रमिला मोक्तान आफू मनोरञ्जन क्षेत्रमा काम गरेकै कारण कोठा पाउनसमेत गाह्रो हुने गरेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “बस्नको लागि कोठा भाडामा त पाइन्छ, तर राति अबेलासम्म काम गर्नुपर्ने हुँदा घरबेटीले ढोका नै खोलिदिँदैनन् ।” मनोरञ्जन क्षेत्रमा काम गर्ने भन्नेवित्तिकै समाजको मात्र नभइ ग्राहकको समेत गलत नजर हुने गरेको उहाँले बताउनुभयो ।

सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारका लागि पनि अन्य काम गर्ने व्यक्ति सरह नै सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै आए पनि अहिलेसम्म सो व्यवहार नभएको उनीहरुको गुनासो थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com