विमानस्थलको कालोपत्र फेरिँदै


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

बर्सातको समय शुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सधैँ एउटै चिन्ताले सताउँथ्यो, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कुनै समस्या पो आइहाल्छ कि ? मनसुनको समयमा पानी पर्दा विमानस्थलको धावनमार्गको कालोपत्र उप्कने, धाँजा फाट्ने र जहाज उडान तथा अवतरणमा समस्या आउने कारण सबै भुक्तभोगी थिए ।

धावनमार्गमा समस्या आयो भने नेपाल आइरहेका जहाजलाई कता ‘डाइभर्ट गर्ने’ र आन्तरिक उडानका जहाजलाई कता अवतरण गराउने भन्ने चिन्तामा हुन्थे विमानस्थलका कर्मचारी । धावनमार्ग मर्मतका लागि विमानस्थल कार्यालयले ‘द्रुत मर्मतकर्ता टोली तयारी अवस्थामा राखे पनि समस्या परी नै रहन्थ्यो । अब भने एक मात्र विमानस्थलले उक्त समस्याबाट मुक्ति पाउने भएको छ ।

सरकारले आगामी चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्ने भएको छ । विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्न खोजिएको हो ।

धावनमार्गको कालोपत्र सामान्य रुपमा उप्कदासमेत हवाइजहाज उडान तथा अवतरणमा समस्या हुँदै आएको थियो । मुलुकको प्रतिष्ठासँग जोडिएको विमानस्थललाई समस्यारहित बनाउने लक्ष्यका साथ सरकारले पूर्णरुपमा मर्मत गर्न लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रासससँग भन्नुभयो, “नयाँ कालोपत्र गरी विमानस्थललाई दुरुस्त बनाउने उद्देश्यका साथ काम शुरु भएको छ ।” मन्त्री अधिकारीसहितको टोलीले आज कालोपत्रका लागि भइरहेको प्रगतिका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिनुभएको थियो ।

विमानस्थलको कालोपत्रलाई फेरर नयाँ कालोपत्र राख्ने तयारी गरिएको छ । सो कार्यका लागि चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङलाई ठेक्का दिइएको छ । करीब ७० प्रतिशतभन्दा बढी निर्माण सामग्री जम्मा भएपछि नयाँ कालोपत्रको काम शुरु हुनेछ । चिनियाँ कम्पनीले रु चार अर्ब २७ करोड लागतमा विमानस्थलको धावनमार्ग मर्मतको जिम्मा पाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको कार्यतालिकाअनुसार आगामी चैत १८ गतेदेखि धावनमार्गको स्तरोन्नतिका लागि नयाँ कालोपत्रको काम शुरु हुँदैछ । सो कार्य आगामी जेठमा सम्पन्न हुनेछ । गौचरण विमानस्थलको नामबाट विसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गरेको हो ।

विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले आफ्ना पिता त्रिभुवनको नामबाट विमानस्थलको नाम राख्न लगाएको बताइन्छ । गत जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो ।

ठेकेदार कम्पनीले करीब ९० दिनभित्र पूर्णरुपमा नयाँ कालोपत्र गरिसक्ने जनाएको छ । विमानस्थल मर्मतको काम असाध्यै जोखिमपूर्ण काम भएकाले दैनिक दश घण्टा मात्रै सञ्चालनमा ल्याइनेछ । दश घण्टा विमानस्थल बन्द गरेर मर्मत गरिनेछ । विशेषगरी रातको समयमा धावनमार्ग भत्काएर मर्मत गर्ने र विमान उडानका लागि योग्य बनाइनेछ ।

मन्त्री अधिकारीले भन्नुभयो, “विमानस्थल र जहाजको समेत सुरक्षालाई ध्यानमा राखेर काम गर्ने गरी कार्ययोजना बनाइएको छ ।” धावनमार्गसँगै ट्याक्सी पार्किङस्थल र जहाज पार्किस्थलको समेत मर्मत गरिनेछ । विशेषगरी कोटेश्वरतर्फको धावनमार्गमा बढी मात्रामा कालोपत्र उप्कने समस्या रहेको छ ।

जानकारहरुका अनुसार विशेषगरी जहाज अवतरण हुने मुख्य विन्दु कोटेश्वरतर्फको धावनमार्गमा बढी समस्या देखिएको छ । सोही स्थानमा पहिले मर्मत गर्ने योजना बनाइएको छ ।

विमानस्थलमा हाल दैनिक १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित सरदर ४०० उडान हुने गरेको छ । विमानस्थलमा समस्या आउँदा लामो समय जहाज आकाशमा ‘होल्ड’ गर्नुपर्ने र इन्धनको नाश तथा यात्रुले समेत तनाव भोग्न परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com