‘सारेगमप’मा प्रितमलाई जजले दिए स्ट्याण्टिङ ओभिएसन , अजय देवगनले गरे प्रशंसा


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले धमाका मचाईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रमको हिजोको शोमा प्रितम आर्चायले चार्टबस्टर प्रस्तुती दिएका छन् ।

उनले ‘हम किसीसे कम नही’ फिल्ममा समाबेश भएको किशोर कुमारको आवाजमा रहेको गीत ‘बचना ए हसिनो’ गीत गाएका थिए । प्रितमले दिएका प्रस्तुतीहरुमा मेघा अडिसन राउण्डमा दिएको ‘सन्देशे आते है झै’ उत्कृष्ट प्रस्तुती दिए । उनले जज , जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिटबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए ।

जजमध्यकी ऋचा शर्माले यति सानो उमेरमा संगितलाई प्रेम गरेर कसरी यस्तो प्रस्तुती दिन सक्छन् भन्दै उच्च प्रशंसा गरे । उदित नारायण झाको फ्यान समेत रहेका प्रितमको नायक अजय देवगनले पनि प्रशंसा गर्दे भोलीका दिन उदितले नै प्रितमलाई खोज्दै आउने बताए । उनले जुरी मेम्बरबाट सय प्रतिशत नम्बर लिएर आए । जज ऋचा शर्मालाई पनि प्रितमको पालामा नेपाली टोपीमा देखिने गर्छिन् । सुरशाला जुनियर आइडलको उपविजेता समेत रहेका प्रितम कक्षा ६ मा अध्ययनरत छन् ।

ईटहरीका प्रितमको हिजोको प्रस्तुतीबाट बलियो प्रतियोगीको रुपमा देखिएका छन् । उता प्रितमसंगै अर्का नेपाली बालक सिन्धुपाल्चोकका आयुष केसीले पनि शोमा धमाका मच्चाईरहेका छन् । उनीहरुको प्रस्तुतीबाट भारतीय तथा नेपाली दर्शकहरु पनि उत्साहित देखिएका छन् भने नेपालीहरुको अद्भुत कला देखेर जजहरु समेत दंग छन् । उनीहरु युट्युवमा पनि निकै भाईरल बनेका हस्तीहरु हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com