दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजाे दिन नसक्दा आत्महत्या


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो ।

छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द भएपछि उनी सुर्ताउन थालिन् ।

यसपटक भने सीमापारि भारतबाट केटा पक्ष आउन लागेका थिए । केटा पक्षले ५० हजार नगद मागेको आफ्ना पिता चन्द्रिका मुखियाले शनिबार राति घरमा सुनाए । परिवारमा फेरि नियास्रो वातावरण छायो । केटा पक्ष सोमबार टीकाटालो गर्न आउँदै थिए । दुई दिनअघि लालसाकुमारी आफैसँग हारिन् । प्रहरीका अनुसार उनले आत्महत्या गरिन् ।

परिवारले उनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न् प्रहरीले स्थानीय चन्दावती खोलाबाट नियन्त्रणमा लियो । पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पु-याएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो । यो समाचार शंकर आर्चायले कान्तिपुरमा लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com