भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउँदैन् : प्रमुख आयुक्त घिमिरे


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताएका छन ।

संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको आईतबार बसेको बैठकमा प्रमुख आयुक्त घिमिरेले यस्तो बताएका हुन । समिति सदस्यहरुले आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगका कामकारवाही बारे प्रश्न उठाएपछि प्रमुख आयुक्त घिमिरेले नाम नलिईकनै पछिल्लो घटनाबारे आयोगले छानविन सुरु गरिसकेको जानकारी गराए । उनले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरु गरिसकेकाले छिटै त्यसबारेका सत्य तथ्य सार्वजनिक गरिने विश्वास समेत दिलाए ।

आयोग भित्रका क्रियाकलापलाई निगरानी गर्ने सन्र्दभमा प्रमुख आयुक्तको प्रत्यक्ष नियन्त्रणमा ५ जनाको ‘इन्टलीजेन्स युनिट ’स्थापना भएको भन्दै उनले केही आयोगका कर्मचारीहरु सो युनिटको अनुसन्धानभित्र रहेको जानकारी दिए । प्रमुख आयुक्त घिमिरेले वाईड वडी विमान खरिद प्रकरणबारे सह सचिवको संयोजकत्वको समितिले छानविन गरि बयान लिने काम गरिरहेको जानकारी गराए ।

त्यसैगरी सार्वजनिक जनसरोकारका संस्थामा हुने गरेका आर्थिक अनियमितता नियन्त्रणका लागि आयोगका अधिकारी नै सेवाग्राही बनेर जाने योजना अनुसार कार्यविधि तयार भईसकेको भन्दै उनले छिटै नै सो अभियान सुरु गरिने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उनले नागरिक समाज, संचार माध्यम राज्यका अन्य संयन्त्र र आयोगको एकिकृत र समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिए ।

उनले नागरिक निगरानी समुह गठन गरि केही जिल्लामा कार्यक्रम सुरु भईसकेको भन्दै सो कार्यक्रमको प्रभावकारिता हेरेर त्यसलाई परिमार्जन र विस्तार गर्दै लगिने बताएका छन ।

उनले सिमित क्षेत्राधिकारमा रहेर पनि आयोगले सरकारबाट संञ्चालित ठेक्काहरुमा भएको अनियमिततालाई अध्ययन गरिरहेको फेयरिस्त प्रस्तुत गर्दै सडक विभाग, सहरी विकाश र भवन निर्माण, नागरिक उड्डयन प्राधिकरण, स्थानीय पुर्वाधार विकास लगायतका हजार बढी ठेक्काको समय थप नभएको स्पष्ट पारे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐन संशोधनको प्रस्ताव मन्त्रीपरिषद्मा रहेको भन्दै उनले त्यसलाई यथासक्य छिटो पुर्णता दिन सरकार र समितिको ध्यानाकर्षण पनि गराए ।

समिति सदस्यहरुले आयोगका पदाधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगको काम कारवाहीबारे प्रश्न उठाएका थिए । त्यसैगरी वाईडवडी विमान खरिदमा भएको भ्रष्टाचार,जनसरोकारका सार्वजनिक संस्थानमा हुने आर्थिक अनियमितता लगायतमा आयोगको कामकारवाही बारे जिज्ञासा राखेका थिए ।

आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको समाचार सार्वजनिक भएपछि समितिले प्रमुख आयुक्तलाई बैठकमा बोलाएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com