दुई मन्त्रालयको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकको आवश्यक्ता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन पनि दुवै मन्त्रालयलाई निर्देशन दिनु भयो । आईतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोचबारे छलफल गर्दै उहाँले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो ।

‘केही नभएको होईन् र तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन । कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढन पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सचेत गराउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओलीले मुलुकका खाद्य अभाव नरहेको दावी समेत गर्नु भयो । मुलुकमा खेर फाल्ने चलन भएकाले मात्रै खाद्य अभाव देखिएको प्रधानमन्त्री ओलीको बुझाई छ । प्रधानमन्त्री ओलीले खाद्य बस्तुलाई खेर जान नदिने गरी समुचित व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आ–आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com