छोराछोरीको छायाँसँग वित्यो ५७ वर्ष


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

डम्बरसिंह सुनुवार ९२ वर्षका भए। उनका नाबालक छोराछोरी सेनाको गोली प्रहारबाट ५७ वर्षअघि मारिए। डम्बरसिंहले उनै ‘मुटुका टुक्रा’का प्रतिमा बनाएर हेरचाह गर्दै आएका छन्।

‘कान सुन्न छाडें। आँखा देख्न सक्दिनँ’, उनले भने, ‘यिनीहरूको हेरचाह गरेर दिन काट्छु।’ उनले छोराछोरीको प्रतिमा ढुंगामा कुँदेका थिए। यसको स्याहारमा उनले ५७ वर्ष बिताए। उनीहरूकै बारेमा कल्पिरहन्छन् उनी। सम्झिएर आँसु झार्छन्। तत्कालीन राजा महेन्द्रको २०१७ पुस १ गतेको कदमपछि प्रजातान्त्रिक सरकार ‘अपहरण’मा पर्‍यो। त्यसपछि कांग्रेसले २०१८ मा सशस्त्र विद्रोह आह्वान गरेको थियो। त्यसको झिल्को इलामको गाउँसम्म फैलियो।

मंगलबारेस्थित थुम्की डाँडामा कांग्रेसको क्याम्प थियो। आन्दोलनकारी सहयोगी भए उनी। उनी खाना र सूचना आदानप्रदानमा खटिए। उनकी छोरी ओममाया सुनुवार १२ वर्षकी थिइन्। ओममायाले आन्दोलनकारीका चिठी बोक्ने गर्थिन्।

पुसमा पाँचथरको च्याङथापु कांग्रेसको कब्जामा आएको थियो। इलामका रवि थाना, बन्दुके चौकी, जमुना थाना, गोर्खे थाना, मंगलबारेसमेत कब्जामा परेको थियो। आन्दोलनकारी माईपोखरीमा सेल्टर बनाएर इलाम सदरमुकाम हान्ने योजनामा थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहिद स्मृति ग्रन्थका अनुसार पञ्चायत पक्षधर बृखबहादुर सुवेदीले सुराक गरेपछि सदरमुकामको सैन्य टुकुडीले कांग्रेस क्याम्पमा आक्रमण गर्‍यो। भिडन्त भयो। तर, कांग्रेस कार्यकर्ता हताहत भएनन्। त्यसको ‘झोंक’मा सेनाले बम प्रहार गर्दा डेढ वर्षका डिकबहादुर सुनुवार र ओममायाको ज्यान गयो। घटनापछि विक्षिप्त बनेका डम्बरसिंहले माईपोखरीबाट देउरालीसम्म सडक आफैं खने। घरनजिक छोराछोरीको प्रतिमा बनाएर हेरचाहमा दिन बिताउने गरेको देउरालीकी लीला भट्टराईले बताइन्।

उनले राजा महेन्द्र, वीरेन्द्र र पृथ्वीनारायण शाहको तस्बिरसमेत ढुंगामा कुँदेका छन्। देवीदेवताको प्रतिमा बनाउने उनको इच्छा रहेछ। तर, बुढ्यौलीले गर्दा उनले यो काम गर्न सकेका छैनन्। उनले तीनपटक राजाहरूसँग भेट गरे। उनले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटे। तर, कुरा नबुझेको उनले सुनाए।

उनका नाति याम मुखियाले हजुरबुवालाई सम्मान गर्न धेरै आएको सुनाए। तर, उनले बनाएको पार्क संरक्षण गर्न कसैले पहल नगरेको गुनासो उनले गरे। स्थानीय जीवन शिवाले पनि उनको प्रयासमा कसैले साथ नदिएको बताए। सन्तानको वियोगमा डम्बरसिंहले गरेको प्रयासले सन्दकपुर गाउँपालिका–३ को पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको शिवाको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com