संयुक्त राष्ट्र संघको उच्च पदमा नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का छनोट


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन भएकी थिइन् । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उनी छनोट भएकी हुन् ।पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् । इटालीमा उनी ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्ने छिन् ।विश्वभरीका प्रहरीबाट उनी सो पदका लागि छनोट भएकी हुन् । यसअघि राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमता र अन्र्तवार्ताका आधारमा उनी सो पदमा छनोट भएकी हुन् ।

डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्छिन् । उनका श्रीमान दिलिप घिमिरे पनि नेपाल प्रहरीमा डिएसपी छन् । म्याग्दी जिल्लामा समेत डिएसपीको भूमिका निर्वाह गरेकी खड्काले स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकी थिईन् । जिल्लाका ग्रामिण क्षेत्रसम्म पुगेर महिला तथा बालबालिकाको क्षेत्रमा समेत काम गरेकी खड्काले म्याग्दीबाट आफ्नो सेवामा धेरै सिक्ने अवसर पाएको बताईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com