अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ ।

जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ । यसको निर्माण र प्रक्षेपणमा नेपालले झन्डै दुई करोड रुपैयाँ खर्चेको छ ।

स्याटलाइटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्वजानकारी पाइनेछ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com